back
CTIZAN AD

मकवानपुरमा निर्वाचन तयारी

वि.सं.२०७७ फागुन ८ शनिवार

609 

shares

८ फागुन, मकवानपुर । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर तयारी पूरा गरेको छ । जिल्लामा १६५ मतदानस्थलका ३३८ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

सो निर्वाचनमा मकवानपुरका दुई लाख ७२ हजार ४७८ मतदाता मतदान प्रक्रियामा सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीतिसमेत तयार पारिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराइने बताए । चुनावको समयमा हुने गाडीका लावा लस्कर र भोज भत्तेरलाई नियमन र नियन्त्रण गरिने उनले बताए ।

यसैबीच, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७७ को मस्यौदामा भएका व्यवस्थाका सम्बन्धमा सरोकारवालासँग अन्तक्र्रिया गरेको छ । कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, मकवानपुरका सुरक्षा निकायका प्रमुख, पत्रकारलगायतकाको सहभागिता थियो ।

वि.सं.२०७७ फागुन ८ शनिवार ११:३० मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...