back
CTIZAN AD

पाँचखालमा शुक्रबारबाट शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा

वि.सं.२०७७ फागुन ८ शनिवार

567 

shares

८ फागुन, बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ मा शुक्रबारबाट शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । नागरिकलाई घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले नगर प्रमुख महेश खरेलले सो केन्द्रको उद्घाटन गरेका हुन् ।

आन्तरिक व्यवस्थापनमा ल्याइएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख खरेलले प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए । सो क्रममा उनले ६५ वर्षभन्दा माथिका उमेर समूहका आमाबुबालाई घरघरमा नै पुगेर मुस्कानसहित स्वास्थ्य जाँच गर्ने बताएका छन्।

वडा नं ३ का वडाध्यक्ष सुन्दर अधिकारीले स्वास्थ्य सेवा सुलभ बनाउने उद्देश्यले नागरिकलाई स्वास्थ्यको पहँुच पु¥याउनका लागि वडाको विशेष पहलमा केन्द्र स्थापना भएको बताए। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डाक्टर नरेन्द्रकुमार झा र पाँचखाल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीलगायतले केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको बारेमा चर्चा गरेका थिए।

वि.सं.२०७७ फागुन ८ शनिवार ११:३७ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...