फागुन ९, काठमाडौं । गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा ‘बादल’प्रति प्रधानमन्त्री केपी शर्मा ओली स्वंय नै तिव्र असन्तुष्ट भएको पाइएको छ । बादलप्रति ओलीले गरेका पछिल्ला एक्सनबाट पनि त्यसको पुष्टी हुँदै गएको धेरैको बुझाई छ ।
शुक्रबार प्रधानमन्त्री ओलीले अनौठो गरि बादलनिकटका तिलक परियारलाई हटाउँदै विवादस्पद छविका पत्रकार तथा विश्लेषक राजेश झा ‘राजेश अहिराज’लाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गराएका थिए । जुन नियुक्तीको कुरा बादल स्वंयलाई भने राष्ट्रपतिको कार्यालयले विज्ञप्ती सार्वजनिक गरेपश्चात मात्रै थाहा भएको थियो । गृहमन्त्रीसमेत रहेका बादल मन्त्रिपरिषदको सिफारिस भनि सार्वजनिक निर्णयबारे स्वंय बेखबर हुनु अति नै अनौठो पनि थियो ।
यूवा र पत्रकार संगठनबाट बादल पक्षलाई निष्कासन
पछिल्लो समय भएका सरकारी नियुक्ती र पार्टीभित्रको कार्यविभाजनमा नभई पार्टी संगठनहरुको भेलामा बादल समूहलाई पुरै पाखा पन्छाइएको छ । बादल निकटस्थले बताएअनुसार पूर्वमाओवादी खेमा र बादल समूहलाई जबरजस्त वेवास्ता गरिन थालिएको छ ।
गत माघ ८ मा ओली समूह निकटको प्रेस संगठन र माघ २६ मा राष्ट्रिय युवा संघको भेला भएको थियो । ती दुवै भेलामा पूर्वमाओवादी खेमासहित बादल समूहलाई निष्कासन गरिएको थियो ।
दुवै भेलाबाट ओली निकटस्थले नै जिम्मेवारी पाएका छन् । तर, पूर्वमाओवादी र बादल निकटस्थ बहिस्करणमा परेका छन् । पत्रकारको भेला र युवाको भेलामा वेवास्ता गरिएपछि पूर्वमाओवादी तथा बादल समूहले बहिस्कार गर्दै आपत्तिसमेत जनाएको थियो ।
एक्लो छन् बादल
पार्टी विभाजन हुँदै गर्दा बादल एकलै ओली समूहमा प्रवेश गरेका छन् । ओली समूहमा उनी प्रवेश गर्दै गर्दा उनका स्वकीय सचिवले समेत विज्ञप्ती निकाल्दै आफुँ ओली समूहमा नगएको स्पष्ट पारेका थिए ।
पूर्वमाओवादीमा विभाजन हुँदै गर्दा मोहन वैद्य किरण पक्षमा बादलसँगै गएका र पछि पुनः बादलसँगै प्रचण्ड पक्षमा फर्किएका नेताहरु पनि पछिल्लो विभाजनमा ओली पक्षमा गएनन् । बादल निकट मानिने पम्फा भुसाल, देव गुरुङ्गलगायतले झन् कडा रुपमा ओलीको विरोध गरे ।
ओली समूहमा बादलमाथि हेपाई हुनु पनि उनको पछाडि नभएको नेता तथा कार्यकर्ताको जमघट हो । निकटस्थ एक्लो ओली समूहमा गएका बादलप्रति ओली स्वंयले नै वेवास्ता गर्नुको पछाडि नेता तथा कार्यकर्ताको पंक्ति नुहुन नै हो ।
आफुँ निकटस्थसँग बादलको रुवाई – कता जाने ?
प्रचण्डविरुद्व आक्रामक अभिव्यक्ति दिँदै ओली निकट बनेका बादल यतिबेला कता जाने भन्ने दोधारमा पुगेका छन् । उनले आफुँ निकटस्थलाई भेला गराएरै जाने ठाउँ नै नभएकोसमेत गुनासो पोखेका थिए ।
युवा र पत्रकारको भेलामा बहिस्करणमा परेलगत्तै बादलले आफुँ निकटस्थलाई भेला पारेर ‘अप्ठ्यारोमा परियो, कता जाने ?’ भन्दै गुनासो गरेको कुरा बाहिरिएको थियो । उनले जाने ठाउँ नै नभएको पनि निकटस्थलाई बताएका थिए ।
यता पछिल्लो घटनाक्रमसँगै अप्ठ्यारोमा परेका उद्योगमन्त्री लेखराज भट्टले पनि जनता समाजवादी पार्टीसँग वार्ता गर्न पुगेको विषय बाहिरिएको छ ।
तर, छिट्टै ओली समूहबाट निकालिन सक्छन् बादल
एक्लो रुपमा ओली समूह प्रवेश गरेका बादलप्रति स्वंय ओली सन्तुष्ट छैनन् । बालुवाटार उच्च स्रोतले बताएअनुसार एक्लो बादलको एक पछि अर्को डिमाण्डप्रति पनि सन्तुष्ट हुने ठाउँ छैन् ।
एक्लो रुपमा ओली समूह प्रवेश गरेका बादललाई उपहार स्वरुप प्रधानमन्त्रीले उनी निकटका दावा लामा खेलकुद मन्त्रीको जिम्मेवारी दिएका थिए । तर, बादलले ओलीपछिको स्थानसहित पार्टीभित्रका कार्यविभाजन र युवा तथा पत्रकारको संगठनभित्र हिस्सेदारी खोजपछि समस्या आएको हो ।
निकटस्थले बताएअनुसार संवैधानिक निकायमा बादलले मागेको हिस्सेदारी प्रधानमन्त्रीले सिधै अस्वीकार गरेका थिए ।
वि.सं.२०७७ फागुन ९ आइतवार ११:१५ मा प्रकाशित






























