back
CTIZAN AD

बालुवाको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु

वि.सं.२०७७ फागुन ९ आइतवार

627 

shares

९ फागुन, काठमाडौं । छुट्टाछुट्टै ठाउँमा बालुवाको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।

सुनसरी, बराहक्षेत्र नगरपालिका–८ सालबन्दीस्थित कोशी नदीको पोखरीको डिलमा खेल्ने क्रममा बालुवा र माटो सहितको ढिस्को झरेर सोही ठाउँ बस्ने बखत बहादुर राईको छोरा १४ वर्षीय प्रज्वल राईको शनिबार मृत्यु भएको छ ।

गम्भीर घाइते भएका प्रज्वलको बराहक्षेत्र नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उनका भाइ १० वर्षीय राजन राईलाई सोही अस्पताल हुँदै थप उपचारको लागि घोपा अस्पताल धरान पठाईएको छ ।

पाल्पा, पूर्बखोला गाउँपालिका–४ बलीपोखरा छेबकुनस्थित बालुका खानीमा बालुवा खन्ने क्रममा ढिस्कोले पुरेर सोही ठाउँ बस्ने १३ वर्षीया पबित्रा सारूको र ३६ वर्षीया माया देबी सिंहको मृत्यु भएको छ । पबित्रा सारूको घटनास्थलमै तथा माया देबीको उपचारको लागि स्थानीय मेडिकलतर्फ ल्याउनेक्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

वि.सं.२०७७ फागुन ९ आइतवार १२:३७ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...