back
CTIZAN AD

एनएनआईपीए स्पोर्ट्स अवार्डबाट सम्मानित भए २६ खेलाडी

वि.सं.२०७७ फागुन ९ आइतवार

672 

shares

९ फागुन, काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआईपीए अवार्डबाट २६ जना खेलाडी सम्मानित भएका छन् । भक्तपुरको मध्यपुर थिमीमा भएको विशेष कार्यक्रममा २०७६ सालमा गरेको प्रदर्शनका आधारमा सम्मानित भएका हुन् ।

सम्बन्धित खेल संघहरुको सिफारिसमा उनीहरु सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा १३ औं दक्षिण एशियाली खेलकुद सागमा पदक विजेताहरु रहेका छन् ।

यसैगरी, गल्फका सुवास तामाङ र महिला तर्फ कुस्तीकी संगिता धामीलाई उदयमान खेलाडीको अवार्ड प्रदान गरिएको छ । उनीहरुले नगद ५० हजार प्राप्त गरेका छन् । प्रतिभावान खेलाडीको अवार्ड भने तेक्वान्दोकी आयशा शाक्य र फुटबलर सुजल श्रेष्ठले हात पारे । ग्लोबल आईएमई बेस्ट प्लेयर अवार्ड पौडीकी गौरिका सिंह र मण्डेकाजी श्रेष्ठले जिते । उनीहरुले नगद एक एक लाख प्राप्त गरे ।

एनएनआईपीए स्पोर्टस अवार्डमा सम्मानित हुने खेलाडीहरुमा सनातन मल्ल (आर्चरी), सन्तोषी श्रेष्ठ (एथलेटिक्स), रत्नजीत तामाङ (ब्याडमिन्टन), अनुसा मल्ल (बास्केटबल), मिनु गुरुङ (बक्सिङ), अन्जली चन्द (क्रिकेट), बुद्धिबहादुर तामाङ (साईक्लिङ), रविना थापा (फेन्सिङ), सुजल श्रेष्ठ (फुटबल), सुवास तामाङ (गल्फ), कल्पना वली (ह्याण्डबल), देविका खड्का (जुडो), मेनुका कुमारी राजवंशी (कबड्डी), मण्डेकाजी श्रेष्ठ (कराते), श्याम बुढाथोकी (खोखो), प्रदीप खड्का (लनटेनिस), कल्पना परियार (सुटिङ), गौरिका सिंह (स्वीमिङ), पुरुषोत्तम बज्राचार्य (टेबलटेनिस), विपन ब्लोन (स्क्वास), आइशा शाक्य (तेक्वान्दो), सोनी गुरुङ (ट्राइथलन), कुलबहादुर थापा (भलिबल), विकास थापा (वेट लिफ्टिङ), संगीता धामी (कुस्ती), जुनी राई (उसु), केशब थापा (पारा टेबल टेनिस), रोशन राउत (उत्कृष्ट पत्रकारिता पुरस्कार), अकबर साह कराते प्रशिक्षक गजराज जोशी आदर्श अवार्ड रहेका छन ।

वि.सं.२०७७ फागुन ९ आइतवार १४:३५ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...