फागुन ९, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको दबाबका बाबजुद आइतबार प्रदेश सभा बैठक बस्ने भएको छ ।
सभामुख प्रदीपकुमार भण्डारीले बैठकको कार्यसूची सार्वजनिक गरेका छन् । आजको बैठकको कार्यसूचीमा अविश्वासको प्रस्ताव पेश हुने उल्लेख छ ।
यसअघि माघ २४ मा बसेको बैठकमा पनि अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची थियो । तर, ओली पक्षको अवरोधका कारण बैठक स्थगित भएको थियो ।

सम्बन्धित समाचार
ओली पक्षको दबाबलाई सभामुखले गरे अस्वीकार, प्रदेश सभा बैठक बस्ने निश्चित
वि.सं.२०७७ फागुन ९ आइतवार १४:४९ मा प्रकाशित






























