back
CTIZAN AD

‘अधिकार उपयोग गर्ने मूल गेटमा महिलालाई ताल्चा’

वि.सं.२०७७ फागुन ९ आइतवार

591 

shares

९ फागुन, कास्की । राज्य प्रणालीबाट अधिकार उपयोग गर्ने मूलढोकामै ताल्चा लगाइएको गुनासो गरिएको छ । अधिकार प्राप्त गर्ने मूलढोका नै ताल्चा लगाएर महिलालाई आश्रित बनाइएको पीडा पनि पोखिएको छ ।

नेत्री डा विन्दा पाण्डे आमाका नामबाट नागरिकता दिने विषयमा राज्यबाट भएको विभेदप्रति असन्तोष व्यक्त गर्छन् । “राज्यका हरेक निकाय शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा हरेक क्षेत्रमा नागरिकता आवश्यक हुन्छ । नागरिकताविना केही हुँदैन तर त्यहीभित्र पस्ने मूल गेटमा ताल्चा लगाइएको छ । अब त्यसभित्रको अधिकार जे भए पनि महिलाले कसरी उपयोग गर्न सक्छन्रु” उनले भने। आमाका नामबाट नागरिकता दिने स्थानमा लैंङ्गिक संवेदनशीलता नबुझ्ने पुरुष मानसिकता मात्रै हावी हुँदा महिलाले पाइलापाइलामा विभेदको सामना गर्नुपरेको धारणा उनको छ ।

“नागरिकता पहिचान गर्ने अधिकार पुरुषमा हुनु र पुरुषको सहयोग लिनुपर्ने प्रावधानले महिलालाई सधैँ आश्रित रुपमा राखिएको छ”, पूर्वसांसद डा पाण्डेले भने, “नागरिकतामा राज्यले विभेद गरेको र पैत्रिक सम्पत्ति, आर्थिक अधिकारमा घरदेखि नै जन्मदिने आमाबुबाबाटै विभेदको सामना गर्नुपरेको छ ।”

पैत्रिक सम्पत्तिमा आफ्नै आमाबुबाले छोराछोरीमा समान सोच राख्न नसकेको जनाउँदै उनले बनेका कानूनका बारेमा पनि पर्याप्त प्रचारप्रसार हुन नसक्दा धेरै महिला आफ्नो अधिकारका बारेमा नै अनभिज्ञ रहेको बताए।

नेत्री विद्या भट्टराई प्रणाली परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसक्दा सामाजिक न्याय स्थापित हुन नसकेको बताउँछन् । “राज्यको सहयोग गर्ने प्रणाली भत्किएको छ तर नयाँ सहयोग गर्ने प्रणाली निर्माण हुन सकेको छैन, प्रणाली परिवर्तन भयो तर प्रवृत्ति उस्तै छ ।”

उनले लोकतन्त्रका धेरै संरचना निर्माण गर्न बाँकी रहेकाले महिलाको एकीकृत शक्तिको खाँचो औँल्याए। निवर्तमान सांसद भट्टराईले भने,“महिला विकासका लागि महिलाको साझा मुद्दा र समस्यामा सङ्गठित र एकीकृत आवाजको आवश्यकता हुन्छ, यसले चुनौतीमा जुध्ने शक्ति प्रदान गर्छ भने कानूनमा लेखिएका कुरालाई कार्यान्वयनमा जान सहयोग पुग्छ ।” नेत्री भट्टराईले महिलाको मर्यादा र सामाजिक मूल्यको व्याख्या यौनसँग जोड्नु नै तिनलाई कमजोर बनाउने हतियार भएको बताए । उनले भने, “महिला यौनिकतामाथि प्रश्न गर्न नसक्ने हुनु नै मर्यादित हुनु हो भनेर चित्रित गरिँदा आज महिलालाई यौनिकता आधारमा आरोप लगाउने गलत संस्कारको विकास भएको छ ।”

यौन महिलाको मातृशक्तिसँग जोडिएको शक्तिशाली पक्ष भए पनि तिनलाई कमजोर बनाउन चरित्रको अस्त्रका रुपबाट प्रहार गर्ने गरिएको उनको भनाइ छ । उनले महिलाले बाहिर आफ्नो भूमिका खोज्न थालेमा अनेक प्रश्न उठ्ने र विविध खालका दृष्टिकोणले हतोत्साहित गर्ने गरिएको बताए ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) का अध्यक्ष पार्वती पाण्डेले पर्यटन क्षेत्रका महिलालाई सबल र सक्षम बनाउन विविध विषयको ज्ञान आवश्यक रहेको औँल्याए । उनले महिलाले आफ्नो भूमिकाको खोजी गर्दा अनेक खालका विभेदको सामना गर्नुपरेको बताए । ओटेफले शनिबार ‘समृद्धि र लैंङ्गिक न्याय’ विषयमा विचारगोष्ठी आयोजना गरेको पनि थियो ।

वि.सं.२०७७ फागुन ९ आइतवार १६:३४ मा प्रकाशित

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...