back
CTIZAN AD

मुख्यमन्त्री राईविरुद्वको अविश्वास प्रस्ताव प्रदेश सभामा पेश

वि.सं.२०७७ फागुन ९ आइतवार

639 

shares

फागुन ९, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रदेश सभामा पेश भएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा नेकपाको प्रचण्ड–नेपाल पक्षले दर्ता गराएको अविश्वास प्रस्ताव पेश भएको हो ।

प्रदेश सभा बैठक सुरु भएलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले प्रचण्ड–नेपाल पक्षका प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोलाई अविश्वासको प्रस्ताव पेश गर्न समय दिएका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई मुख्यमन्त्री राईले साथ दिएको कारण आफुँहरुले राईलाई साथ दिन नसकेको बताए । आफुँहरु प्रधानमन्त्रीको कदमका विरुद्व निरन्तर आन्दोलनमा रहेको उनकाे भनाई छ ।

मुख्यमन्त्री राईविरुद्व प्रचण्ड–नेपाल समूहले गत पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । तर, प्रधानमन्त्री ओली पक्षले निरन्तर प्रस्ताव अगाडि बढाउन असहयोग गर्दै आएको थियो ।

आइतबार पनि मुख्यमन्त्री राईले बैठक स्थगित गर्न दबाब दिँदै आएका थिए । तर, दबाबलाई स्वीकार नगरिएपछि उनको समूहले बैठक बहिस्कार गरेको थियाे ।

सम्बन्धित समाचार

प्रदेश सभा बैठक बस्दै, अविश्वासको प्रस्ताव टेबुल गराउने तयारी

वि.सं.२०७७ फागुन ९ आइतवार १६:३० मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...