back
CTIZAN AD

प्रचण्ड-माधबवीच नयाँ सहमति, यस्तो छ ९ बुँदे मापदण्ड

वि.सं.२०७७ फागुन ९ आइतवार

762 

shares

९ फागुन, काठमाडौं । प्रतिगमनविरुद्धको सडक आन्दोलमा सक्रिय रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले संगठन व्यवस्थापनका लागि नयाँ सहमति बनाएको छ ।

नेकपाको एक सुत्रका अनुसार पार्टीको सबै तह र जनवर्गिय संगठनको व्यवस्थापनमा अब सामन्यतया ५०/५० प्रतिशतको आधार बनाएको छ । केपी ओलीसँगको सहमति गर्दा प्रचण्डले ५५÷४५ मा कार्यकर्ता व्यवस्थापन गरेका थिए ।

सो मापदण्डमा जनाइए अनुसार प्रदेश र जिल्लाका इन्जार्च, सहइन्चार्ज, सबै पार्टी कमिटी तथा जनसंगठनका पदाधिकारीहरुमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो, त्यहि पक्षबाट पूर्ती हुने एवं पदाधिकारीको छनौटमा वरिष्ठता,सक्रियता र क्षमतालाई ध्यान दिने भनिएको छ ।

त्यसैगरी विशेष परिस्थितिमा विशेष निर्णय बाहेक पार्टी कमिटी तथा जवसहरुमा बरियतामा अगाडि रहेका लाई प्राथमिकता दिने, साविक घटकको प्रतिनिधित्व सुनिश्चित गराउने, महिला तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने, स्थानीय कमिटीहरुको फेरबदल प्रदेश कमिटीलाई दिने । तर, पार्टी केन्द्रीय कमिटि, केन्द्रीय निकाय तथा जवसहरुको केन्द्रीय समिति बाहेक अन्यतहको निर्णय प्रदेश कमिटिले गर्ने । जनवर्गिय संगठनमा विधान अनुरुप सदस्यको मनोनय गर्ने तथा अपुग भएमा केन्द्रमा सुझाव पठाउने, जिम्मेवारी औचित्यपूर्ण हुनुपर्ने र पार्टीपंक्ति उत्साहित बनाउने निर्णय गरिनुपर्ने लगायतका मापदण्ड र आधारको अवलम्बन गरी रिक्त स्थानको पदपूर्ति गर्ने बताइएको छ ।

 

वि.सं.२०७७ फागुन ९ आइतवार १६:१५ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...