फागुन ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहनिकट प्रेस संगठनको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकले नेकपानिकट पत्रकार संगठनको नयाँ नेतृत्व चयन गरेको हो ।
नेकपाले संगठनको संयोजकमा महेश्वर दाहाललाई यथावत राख्दै संगठनको इन्चार्ज र सह–इन्चार्जमा नयाँलाई जिम्मेवारी दिएको छ ।
नेकपाले पूर्वमन्त्रीसमेत रहेका नेता योगेश भट्टराईलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।
संगठनको सहइन्चार्जमा दाहालसहित ओमनाथ ढुंगाना र विष्णु रिजाल चयन भएका छन् ।
प्रचण्ड र वामदेवका प्रेस सल्लाहकारलाई सहसंयोजकको जिम्मेवारी
त्यस्तै नेकपाले संगठनको सहसंयोजकमा विष्णुप्रसाद सापकोटा ‘जुगल’ र विश्वमणी सुवेदीलाई चयन गरेको छ । सहसंयोजकमा चयन भएका जुगल पार्टी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’का प्रेस सहयोगी हुन् भने सुवेदी वामदेव गौतमका प्रेस सहयोगी हुन् ।
नेकपा विभाजनसँगै गौतम हाल नेकपा एकता अभियानमा सहभागी छन् ।
वि.सं.२०७७ फागुन ९ आइतवार १७:०६ मा प्रकाशित






























