९ फागुन, काठमाडौं । नेपालमा केही सातायता कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या निरन्तर घट्दै गएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी ८० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३३२५ नमुना परीक्षणमा ८० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ३३ र पुरुष ४७ जना रहेका छन् । आज थपिएका ८० जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार ४३१ पुगेको छ ।
त्यसैगरी आज देशैभरी १२१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १२१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ६९ हजार ८७६ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार संक्रमितको मृत्यु भएको छ ज्यान गुमाउनेको संख्या २०६१ रहेको छ ।
वि.सं.२०७७ फागुन ९ आइतवार १६:५६ मा प्रकाशित






























