फागुन १०, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ ।
यसअघि स्थायी समिति तय गरेको मापदण्डका आधारमा नेकपाले नेतृत्व चयन गरेको हो ।
नेकपाले जनाएअनुसार ६८ जिल्लामध्ये ३५ जिल्लामा पूर्वमाओवादी र ३३ जिल्लामा पूर्वएमाले पक्षधरले नेतृत्व पाएका छन् । स्थायी समितिले तोकेको मापदण्डका आधारमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको चयन गरिएको जनाइएको छ ।
कुन जिल्लामा कसको नेतृत्व ?
वि.सं.२०७७ फागुन १० सोमवार १२:०७ मा प्रकाशित






























