back
CTIZAN AD

के अझै बढ्ला इन्फ्रास्टक्चर बैंकको शेयर मुल्य ? कहिले बेच्दा ठिक होला ?

वि.सं.२०७७ फागुन १० सोमवार

633 

shares

फागुन १०, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर मूल्यमा लगातार सर्किट देखिएको छ । सोमबार पनि कारोबार सुरु भएको १ मिनटमै कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । यो शेयर बजारमा निरन्तर देखिएको सातौं सर्किट हो ।

सातौं सर्किटसँगै बैंकको प्रतिशेयर मुल्य ६६० पुगेको छ । यसअघि आइतबार बैंकको प्रतिशेयर मुल्य ६०० मा कारोबार बन्द भएको थियो ।

गत फागुन २ गते (आइतबार) ३४० रुपैयाँमा पहिलो कारोबार सुरु भएको बैंकको शेयर कारोबार सुरुको दिनदेखि नै निरन्तर सकारात्मक सर्किट लेभलमा छ ।

समाचार तयार गर्दासम्म १० लाख ८८ हजार बढि शेयर खरिद आदेश छ । यद्यपित बिक्रीतर्फ भने एउटा पनि पोष्ट भएको छैन् ।

No description available.

के अझै बढ्ला शेयर मुल्य ?

गत सातादेखि दोस्रो बजारमा कारोबार सुरु भएको निफ्राको शेयरमा निरन्तर सकारात्मक सर्किट लाग्दै आएको छ । यसैको प्रभाव आगामी समय पनि बजारमा पर्ने देखिने बजार विश्लेषकहरुको भनाई छ।

शेयरको मुल्य माग उच्च र आपूर्ति कम हुँदा मूल्य बढ्ने गर्छ । अहिले बेच्नेभन्दा किन्ने बढि छन् । विश्लेषकहरुको भनाईअनुसार यो क्रममा यो सातासम्म नै रहन सक्ने सम्भावना छ ।

अहिले कतिपय लगानीकर्ताले चनाखोपूर्वक शेयर होल्ड गरिरहेका पनि छन् ।

वि.सं.२०७७ फागुन १० सोमवार १३:२० मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...