back
CTIZAN AD

ऐक्यबद्धताका अध्यक्ष तिवारीद्धारा वडा भवनका लागि नि:शुल्क जग्गा प्रदान

वि.सं.२०७७ फागुन १० सोमवार

1.5K 

shares

१० फागुन, काठमाडौं । ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारीद्धारा वडा भवनका लागि नि:शुल्क जग्गा प्रदान भएको छ ।

गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिका ६ सरौखोलामा वडा कार्यालय भवन बनाउनका लागि तिवारीले सरौफांट सोताको १ रोपनी जमिन निःशुल्क प्रदान गर्ने घोषणा गरेपछि वडाले भवन निर्माण प्रक्रिया अघि बढाउने भएको हो ।

वडासचिव पाराश्वर सापकोटाका अनुसार स्थानीय, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र समाजसेवीहरुको उपस्थितिमा उनले सो घोषणा गरेका थिए ।

२०४६, २०५४ र २०५५ मा राजनैतिक कारणले जेल बसेका तथा २०५८ पछाडि पेशा छाडेर गणतान्त्रिक आन्दोलनका लागि भुमिगत भएका तिवारी हाल सामाजिक अभियानहरुमा बढि क्रियाशिल छन् । उनी दक्षिणी पर्वतमा भएको २०५७ को ऐतिहासिक हातेमालो श्रमशिविरका परिकल्पनाकार तथा कार्यक्रम संयोजक समेत रहेका थिए । उनी गैरआवासीय नेपाली पत्रकारिताका प्रवर्तक पनि हुन् ।

जग्गा घोषणा सम्बन्धमा मागिएको एक प्रतिक्रियामा तिवारीले ‘जग्गा र भूमि ब्यक्तिको नभएर राज्यको हुन भन्ने मान्यता संप्रेषण गर्न, संघियता र गणतन्त्रको मर्मबोधका साथ स्थानीय तह र वडालाइ भौतिक रुपले सहयोग गर्न तथा पारिवारीक सभ्यतालाइ नियमित गर्न’ आफुले सो जग्गा दान गरेको बताएका छन् ।

No description available.

वि.सं.२०७७ फागुन १० सोमवार १६:३१ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...