back
CTIZAN AD

प्रधानन्यायाधीश जबराले प्रधानसेनापतिलाई किन बोलाएर भेटे ?

वि.सं.२०७७ फागुन १० सोमवार

795 

shares

फागुन १०, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार आकस्मिक भेटवार्ता भएको छ । जबराको निम्तोमा थापा सोमबार दिउसो १ बजे सर्वोच्च अदालत पुगेका थिए ।

अदालत स्रोतले बताएअनुसार राणा र थापाबीच झण्डै एक घण्टा छलफल चलेको थियो । दुइबीच के विषयमा कुराकानी भयो भन्ने भने स्पष्ट जानकारी हुन सकेको छैन् ।

नेपाली सेनाले भने भेटवार्ता जग्गा हस्तान्तरणसँग मात्रै सम्बन्धित भएको दाबी गरेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लव पौडेलले सर्वोच्च अदालतले प्रस्ताव गरेअनुसार नेपाली सेनाको घोडचढी यूनिटले प्रयोग गर्ने जग्गाको विषयमा छलफल भएको हो ।

उनका अनुसार सर्वोच्च अदालतसँगै जोडिएको नेपाली सेनाको ३७ रोपनी जग्गामध्ये सर्वोच्चले ९ रोपनी जग्गा प्रयोगको लागि प्रस्ताव गरेको छ । जुन जग्गा अहिले नेपाली सेनाको गोडचढी यूनिटले प्रयोग गर्ने गरेको छ ।

तथापी चुलिँदो राजनीतिक संकट र निकट समयमै प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतले गर्न लागेको फैसलाका बीच गरिएको यस भेटघाटलाई अर्थपूर्णं रुपमा लिइएको छ ।

वि.सं.२०७७ फागुन १० सोमवार १६:२३ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...