१० फागुन, काठमाडौं । नेपालमा सोमबार (१० फागुन) सम्म पिसीआर प्रविधिबाट २१ लाख ३९ हजार ६३४ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार ६८१ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १ हजार ५२९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९९५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ५३४ रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ४३ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा १६ र कर्णाली प्रदेशमा २ जना गरी ४३ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी बागमती प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदूरपश्चिममा १ जना गरी जम्मा ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ६८ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्लाहरुमा पाँचथर, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मुगु, रुकुमपश्चिम र अछाम रहेका छन् ।
आज थपिएका १२५ जनासँगै नेपालमा कोरोनाका कूल संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । साथै आज ९० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६९ हजार ९९६ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशैभर थपिए १२५ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा देशैभरी १२५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३६८१ नमुना परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ४४ र पुरुष ८१ जना रहेका छन् । आज थपिएका १२५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार ५५६ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका९० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ६९ हजार ९६६ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार संक्रमितको मृत्यु भएको छ ज्यान गुमाउनेको संख्या २०६१ रहेको छ ।
कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९९५ कोरोना संक्रमित संस्थागत आइसोलेशनमा रहेका छन् ।
प्रदेश नं १ मा २, बागमती प्रदेशमा ८०९, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १०७, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ५१ जना गरी ९९५ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा ५३४ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।
यस्तो छ हेर्नुहोस् नेपालमा फागुन ९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ फागुन १० सोमवार १७:०३ मा प्रकाशित






























