फागुन १०, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला रिहा भएलगत्तै सर्वोच्च अदालतको परिसरबाटै पुनः पक्राउ परेका छन् । सोमबार सर्वोच्च अदालतको आदेशबाट रिहा भएका उनलाई सर्वोच्च परिसरबाटै प्रहरीले पक्राउ गरेको हो ।
न्यायाधीश मीरा खड्का र सुष्मालता माथेको संयूक्त इजलासले सोमबार बास्तोलालाई निसर्त रिहा गर्न आदेश दिएको थियो ।
सरकार र विप्लव समूहबीच वार्ता तथा संवाद चलिरहेको चर्चा भईरहेका बेला बास्तोला छुट्ने अनुमान गरिएको थियो । तर, सर्वोच्चकै आदेश विपरित उनलाई पुनः पक्राउ गरिएको छ ।
सम्बन्धित समाचार
धर्मेन्द्र बास्तोलालाई विनासर्त तत्काल रिहा गर्न सर्वोच्चको आदेश (आदेशसहित)
वि.सं.२०७७ फागुन १० सोमवार १७:१० मा प्रकाशित






























