१० फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायण शर्माले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहसँग सरकारले गर्ने भनेको वार्ता धोका र घातक भएको बताएका छन् ।
एकातिर वार्ताको कुरा गर्ने सरकार तर अर्को तर्फ सर्वाेच्च अदालतले छाड्न आदेश दिएका विप्लव समूहका नेता धर्मेन्द्र वाँस्तोलालाई अदालत गेटबाटै गिरफ्तार गरेको घटनालाई लिएर नेता शर्माले यस्तो बताएका हुन ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले भनेका छन् ‘यो रवैयाले एकातिर विप्लव सँगको वार्ता धोका हो र घातक छ भन्ने देखाउँछ भने अर्कातिर सर्वाेच्चले संसद पुनस्र्थापना गरेपनि त्यो सरकारलाई मान्य हुने छैन भन्ने पछिल्लो पटक पनि पुनः प्रस्ट सन्देश दिएको छ ।’
उनले अघि भनेका छन् ‘यसको अघिल्लो सन्देस ओलीले नै पुनस्र्थापना गरेपनी पुनः भङ्ग गरिदिने वा संसदको बैठक नबोलाएर घच्ची थाप्ने र जन आन्दोलनमा जाने हुङ्कार त दिएकै थिए । तथापि यो पछिल्लो हर्कतले त छर्लङ्ग नै पार्यो, हो । ’
वि.सं.२०७७ फागुन १० सोमवार २०:२२ मा प्रकाशित






























