११ फागुन, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवचालय अनामनगरले थोक कर्जा लिन चाहाने सहकारी संस्थाहरुलाई माग प्रश्ताव पेश गर्न आव्हान गरिएको छ ।
कोषबाट थोक कर्जा लिइ कोषको उद्धेश्य अनुसार कोषबाट छनौट गरिएका व्यक्ति तथा साना व्यवसायीहरुलाई कोषले तोकेको समयमा व्यक्तिगत वा सामुहिक कर्जा प्रवाह गरी स्वरोजगार बनाउन कोषले तय गरेको मापदण्ड पूरा गरेका इच्छुक सहकारी संस्थालाई २०७७÷०७८ सम्म तोकिएको कागजात राखेर फारम भर्न आव्हान गरेको हो ।

वि.सं.२०७७ फागुन ११ मंगलवार ०९:१४ मा प्रकाशित





























