back
CTIZAN AD

प्रधानमन्त्रीबाट उद्घाटन हुने कार्यक्रमप्रति अखिल नेपाल जनसांस्कृतिक महासंघको ध्यानाकर्षण

वि.सं.२०७७ फागुन ११ मंगलवार

876 

shares

११ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहनेगरी यही २०७७ फागुन १२ गते आयोजना गर्ने भनिएको ‘सहिद चुनु स्मृति प्रतिष्ठान समुद्घाटन तथा सहिद बेपत्ता परिवार अभिनन्दन बृहत् सांस्कृतिक कार्यक्रम २०७७’ बारे अखिल नेपाल जनसांस्कृतिक महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव खेम थपलियाद्वारा जारी प्रेस वक्तव्यमा गणतन्त्र, जनयुद्ध र जनयुद्धकालीन सहिदहरूप्रति अत्यन्त अनुदार ओलीलाई सर्वोच्च मञ्चासीन गराएर जनयुद्धका महान् सांस्कृतिक सहिद चुनु गुरुङको नाममा कार्यक्रम गर्न खोजिनु अत्यन्त हास्यास्पद र खेदजनक भएको जनाइएको छ ।

‘हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ महान् सांस्कृतिक सहिद चुनु गुरुङको घोर अपमान हुनेगरी आयोजना गरिएको यस प्रकारको कार्यक्रमप्रति घोर असहमति र दुःख व्यक्त गर्दछ । हाम्रो सङ्गठन महान् सहिदहरूको निष्कलङ्क र उच्च सहिदी विरासतको रक्षार्थ सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनसमेत अपिल गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

गणतन्त्र, जनयुद्ध र जनयुद्धकालीन सहिदहरूप्रति अत्यन्त अनुदार ओलीबाट प्रतिष्ठानको उद्घाटन गरिनु भनेकाे यो नेपालको जनसांस्कृतिक आन्दोलनमा अत्यन्त नकारात्मक परिघटनका रूपमा रहने बताइएको छ ।

कार्यक्रम समस्त सांस्कृतिक सहिदहरूको मर्मविरोधी रहेको र ओलीको यो कदम सहिदमाथि घेराबन्दी भएको ठहर  गर्दै उक्त कदमलाई अत्यन्त निन्दनीय भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘जनयुद्धका महान् सहिद चुनु गुरुङ कहिल्यै सत्ताको हुनुहुन्थेन र हुनुभएन पनि, बरु प्रतिक्रियावादी सत्ताविरुद्ध हाँसीहाँसी सहिदी बाटो रोज्नुभयो । महान् सांस्कृतिक सहिद चुनुले महान् मुक्तिमार्गको आदर्श, विचार र सपनाको रक्षा गर्नुभयो । केपी ओलीले अब जनयुद्धका सहिदमाथि पनि राजनीतिक व्यापार गर्न सुरु गरेको कुरा बुझ्न कुनै कठिनाइ हुनुहुँदैन । ’

नेपालको जनसांस्कृतिक आन्दोलनमा कृष्ण सेन ‘इच्छुक’, चुनु गुरुङ, हर्षबहादुर शाहीलगायत १७० भन्दा बढी संस्कृतिकर्मीहरूले सांस्कृतिक बलिदान गरेका छन् ।

वि.सं.२०७७ फागुन ११ मंगलवार ११:०३ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...