back
CTIZAN AD

महान्यायाधिवक्ताको राजीनामा हल्लाबारे प्रधानमन्त्रीका सल्लाहकारकाे यस्तो टिप्पणी

वि.सं.२०७७ फागुन ११ मंगलवार

903 

shares

फागुन ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिए भनि आएको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल तथा केहि सञ्चार माध्यममा राजीनामा बारे आएको कुरालाई खण्डन गर्दै उनले यस्तो सुझाब दिएका हुन् ।

उनले राजीनामाबारे फिँजाइएको हल्ला खेदजनक भएको पनि बताएका छन् । उनले अदालतको फैसला अघि माहोल गिजोल्न षडयन्त्रपूर्वक हल्ला फिँजाइएको बताएका छन् ।

‘महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा गर्नुभएको भनी आज बिहानैदेखि फिंजाइएको गलत हल्ला खेदजनक छ । प्रतिनिधि सभाको विघटन बारेमा परेका रिटहरूमा सर्वोच्च अदालतले गर्ने फैसला अघि विद्यमान सहज माहोल गिजोल्न षडयन्त्रका साथ सक्रिय तत्वको हल्लाको प्रभावमा नपर्न अनुरोध गर्दछु ।’, सामाजिक सञ्जालमा उनले भनेका छ ।


प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली र महान्यायाधिवक्ता खरेलबीच सम्बन्ध बिग्रिएको कुरा चर्चामा छ । उक्त चर्चा चलिरहेकै बेला खरेलले हालै महान्यायाधिवक्ताका रुपमा गरेको तीन वर्षको उपलब्धि सार्वजनिक गरेका थिए ।

महान्यायाधिवक्ताको उपलब्धी सार्वजनिक भएसँगै राजीनामाको विषयबारे हल्ला फैलिएको हो ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १२:१५ मा प्रकाशित