back
CTIZAN AD

लीलामणिलाई मातृशोक

वि.सं.२०७७ फागुन ११ मंगलवार

810 

shares

११ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता लीलामणि पोखरेललाई मातृशोक परेको छ ।

पोखरेलकी ८७ वर्षीय आमा कलादेवी उपाध्यायको सोमबार राती १२.३० बजे निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार कलादेवीका १४ जना सन्तान मध्ये ९ जना जीवित छन् । लीलामणी पोखरेल जेठा छोरा हुन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समितिमा रहेर प्रभावशाली भूमिका निर्वाह गरेका र एमसीसी विरुद्ध नोट अफ डिसेन्ट लेखेर जागरण चलाउँदै हिंडेका पोखरेलप्रति समवेदना बढेका छन् ।

पोखरेलको आमाको निधनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् ।

टिव्टरमार्फत शोक व्यक्त गर्दै उनले भनेका छन् ‘हाम्रो पार्टीका स्थायी कमिटी सदस्य कमरेड लिलामणी पोख्रेलकी ममतामयी आमा कलादेवी उपाध्याय पोख्रेलको आज बिहान आफ्नै निवासमा निधन भएको खबरले दुखित् छु । दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

वि.सं.२०७७ फागुन ११ मंगलवार १२:१४ मा प्रकाशित

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...