फागुन ११, काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्व सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले छुट्टा छुट्टै रिट निवेदन दर्ता गराएका हुन् ।
रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाइएको छ ।
जलहरी राख्ने काम नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत भएको निवेदकहरुको जिकिर छ । निवेदनमा अनन्तकालदेखि स्थापित व्यवस्था र परम्परात बिथोल्न खोजिएको आरोप लगाइएको छ ।
वि.सं.२०७७ फागुन ११ मंगलवार १२:३३ मा प्रकाशित






























