back
CTIZAN AD

चार चरणमा लकडाउन खुकुलो बनाउँदै बेलायत, हेर्नुहोस् के-के खुल्छन त पहिलो चरणमा ?

वि.सं.२०७७ फागुन ११ मंगलवार

1K 

shares

११ फागुन, बेलायत । विश्वव्यापी कोरोना महामारीका कारण पटक–पटक लकडाउन गरेर त्यसको रोकथाममा लागेको बेलायतले लकडाउनलाई खृुकुलो बनाउँदै लैजाने भएको छ ।

कोरोना भाइरसको नयाँ प्रजाति अनियन्त्रित रुपमा फैलिँदै गएपछि बेलायतले जनवरी ४ तारिख देखि लकडाउन घोषणा गरेको थियो ।
बेलायतका प्रधामन्त्री बोरिस जोन्सनले बेलायतमा चारचरण गरी लकडाउनलाई खकुलो बनाउँदै लैजाने सोमबार देशवासीका नाममा सम्बोधन गर्दै घोषणा गरेका हुन् ।

उक्त घोषणा अनुसार अब बेलायतले पहिलो चरणमा मार्च ८ तारिखदेखि स्कुलहरु खुला गर्ने, केयर होममा रहेकालाइ परिवार वा आफन्तका एकजनाले भेट्न पाउन, पिकनिक जान पाउने बताइएको छ ।

त्यस्तै मार्च २९ तारिखदेखि पार्क, प्राइभेट गार्डेन, जानका लागि ६ जनासम्म तथा दुई परिवारका मानिसको भेटघाट तथा जमघट गर्न दिइनेछ । टेनिस बास्केटवल लगायतका बाहिरी खेलहरु संचालन गर्न पाइनेछ । अहिलेसम्म रोक लगाइएको आफ्नो क्षेत्रभन्दा बाहिरको यात्रा खुला हुनेछ ।

त्यस्तै अप्रिल १२ देखि म्युजियम, बियर गार्डेन, थिमपार्क, जीम, हेयर ड्रेसरदेखि लाइबेरीलगायतका सार्वजनिक स्थलहरु खुला गरिनेछ । साथै पब रेष्टुरेण्ट लगायतले ‘टेकवे’ लगायतका आउटडोर सेवा दिन पाउनेछन् । उक्त घोषणा अनुसार अन्तिम संस्कारमा ३० र विवाह समारोहमा १५ जनासम्म सहभागी हुन पाउने नियम कायमै राखिने बताइएको छ ।

तेस्रो चरण मइ १७ देखि अधिकांश व्यवसायहरु खुला गर्न पाइनेछन् भने पब रेष्टुरेण्ट लगायत सेवाका क्षेत्रपनि सुचारु हुन पाउनेछन् । साथै यो चरणसम्म खेलकुद लगायतका इभेन्टहरुमा १० हजार दर्शकसम्म सहभागी हुन पाउने बताइएको छ ।

जुन २१ तारिखदेखि लागू हुने चौथो चरणमा सबै क्षेत्रमा लगाइएको प्रतिबन्धहरु हटाइने र बेलायतलाई लकडाउन मुक्त बनाइने घोषणा समेत गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण (कोभिड–१९ का कारण बेलायतण्मा पनि १४ लाख २६ हजार १६० जना संक्रमित भएका छन् । ती मध्ये १ लाख २० हजार ७५६ जनाले ज्यान गुमाइसकेका छन् । साथै संक्रमणबाट मुक्त हुनेको संख्या २५ लाख ४८ हजार ६२१ जना मुक्त भएका छन् ।

स्मरण रहोस् कोरोना संक्रमणका कारण बेलायतमा हालसम्म झण्डै एकसयको हाराहारीमा नेपालीले ज्यान गुमाएका छन् ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १४:५४ मा प्रकाशित

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...