back
CTIZAN AD

नेप्सेमा गिरावट आउँदा पनि यी कम्पनीमा लगानीकार्ताले मनग्य कमाए

वि.सं.२०७७ फागुन ११ मंगलवार

792 

shares

११ फागुन, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । सेयर बजारमा गिरावट आएसँगै व्यापार बाहेक सबै कम्पनीको सूचक ओरालो लागेको छ ।

आज बजार परिसूचक २१ दशमलव १६ अकंले ओरालो लागेर समग्र परिसूचक २५८६ दशमलव ५१ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि २ दशमलब ४१ अकंले घटेर ४६७ दशमलब ९४ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २०५ कम्पनीको ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ रुपैंया बराबरको १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ८३ हजार ३ सय ५७ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोशी हाइड्रोपावर, नविल बैंक, एनआईसी एशिया बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोशी हाइड्रोपावर, अपि पावर कम्पनी लिमिटेड, ग्लोबल आईएमी बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सेयर बजारम गिरावट आउँदा पनि नेपाल फाइनान्स लिमिटेडका लगानीकार्ताहरुले उच्च अकंले कमाएका छन । उनीहरुले ९.९२ प्रतिशतले कमाएका हुन । त्यस्तै अपि पावर कम्पनी, लिवर्टी ईनजी कम्पनी हिमालयन पावर पार्टर, एनएलजी इन्स्योरेन्स लगायतका कम्पनीका लगानीकर्ताहरुले उच्च अकंले कमाउदाँ नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आँखुखोला जलविद्यृत कम्पनी, युनिलिभर नेपाल लिमिटेड, एनएमबी ५० त्त लगायतका कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन ।

आज भएको कारोबारमा ४४ कम्पनी लागनीकर्ताले कमाउदाँ ११९ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने १२ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १५:२७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...