back
CTIZAN AD

युगान्तकारी सन्देश भन्दै बुद्धिजीवीहरुले गरे फैसलाको स्वागत

वि.सं.२०७७ फागुन १२ बुधवार

744 

shares

१२ फागुन, काठमाडौँ । प्रतिगमन विरुद्धको आन्दोलनमा सक्रिय रुपले लागेका बुद्धिजीवी पेशाकर्मीहरुले प्रतिनिधिसभा पुर्नस्थापनाको स्वागत गरेका छन् ।

नेपालको राजनैतिक इतिहासमा एउटा युगान्तकारी सन्देश भन्दै उनीहरुले न्यायालयको गरिमा र विश्वास बढेको बताएका छन् ।

संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ :

“प्रतिनिधिसभा पुनस्र्थापना सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले २०७७ फाल्गुण ११ गते गरेको फैसलाको नेपाल वुद्धिजीवी संगठन हार्दिक स्वागत गर्दछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मार्फत प्रधानमन्त्री बन्नु भएका केपी शर्मा ओलीले पदलाई दुरुपयोग गर्दै प्रतिनिधिसभा विघटनमार्फत गर्नुभएको प्रतिगमनलाई पूर्णत अस्विकार गर्दै सर्वाेच्चले संविधानभन्दा माथी कोहि रहन नसक्ने नजीर बनाएको ठहर हाम्रो संगठनले गरेको छ ।
यो फैसला नेपालको राजनैतिक इतिहाँसमा एउटा युगान्तकारी सन्देशको रुपमा रहेको र न्यायालयको गरीमा र विश्वासलाई सर्वाेच्चको यो निर्णयले अझै बढाएको अनुभूति पनि संगठनले गरेको छ ।

प्रतिगमन विरुद्धको आन्दोलनको क्रममा संगठनको तर्फबाट बिभिन्न विरोध प्रदर्शनमा सक्रिय सहभागिता जनाउनु भएका, प्रतिगमनका विरुद्ध बृहत राजनीतिक तथा संवैधानिक अन्तरक्रिया एवम् पेशाकर्मी बुद्धिजीवीहरुको ऐक्यबद्धतासहित आन्दोलनमा जुटनु भएका तमाम बुद्धिजीवी र पेशाकर्मीहरुप्रति आभार ब्यक्त गर्दै संगठनले आयोजना गर्ने आगामी कार्यक्रममा सक्रिय सहभागिता जनाउन पनि यसै विज्ञप्तिमार्फत अनुरोध गर्दछौ ।”

वि.सं.२०७७ फागुन १२ बुधवार १०:१३ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...