back
CTIZAN AD

आमाको शोकमै रहेका लिलामणिले ११ बुँदा सम्झाउँदै भने – ‘एमसिसिका लागि हतार नगरौँ’

वि.सं.२०७७ फागुन १२ बुधवार

840 

shares

१२ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा बिशेष प्रदेश इन्चार्ज लिलामणि पोखरेलले एमसिसिका बारेमा हतार नगर्न अनुरोध गरेका छन् ।

आमाको निधनसंगै शोकमा रहेका नेता पोखरेलले नेकपाका वरीष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालको हालै प्रसारीत अभिब्यक्तिलाई लिएर नहतारीन अनुरोध गरेका हुन् ।

पार्टी निर्णय नभैसकेको र राष्ट्रिय जनमत खारेजीको पक्षमा रहेको भन्दै उनले नहतारिनु पर्ने ११ बुँदा सुझाएका छन् ।

एमसिसिको राष्टघातबारे पाटी बैठकमा नोट अफ डिसेन्ट लेखेका र जागरण अभियान समेत चलाउँदै आएका नेता पोखरेलले संजालमार्फत भनेका छन् ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता कमरेड झलनाथ खनालको एउटा अन्तर्वार्तामा एमसिसि सम्झौता संसदबाट पारित गरिने कुरा गर्नुभएको भन्ने पढियो । पहिलो– उहाँले हतारमा बोल्नुभयो । दोश्रो एमसिसि सम्झौताबारे पार्टीमा कुनै निर्णय भएको छैन भने तेस्रो –राष्ट्रिय जनमत खारेजीको पक्षमा छ । चौथो–हामीले संशोधन गरेर सम्झौता संशोधन हुँदैन । पाँचौं – हिन्द प्रशान्त रणनीति अमेरिका कै समाजवाद विरोधी रणनीति हो । छैठौं – नेपाल जस्ता देशलाई दबाबमा परेर भूमण्डलीय राजनीति गर्ने र त्यसमा नेपालको भूमि प्रयोग गर्ने । सातौं – सम्झौताको माध्यमबाट हाम्रो सार्वभौमिकतामा खलल पुरयाउने, नेपाललाई अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा सामेल गराउने । आठौ – यो अन्तर्राष्ट्रिय सहायता नीति विरुद्धको सम्झौता हो । नवौं – यस्तै सम्झौता श्रीलंकाले खारेज गरि दियो । दशौं – सम्झौताको धरातल नै नेपालको सार्वभौमिकता, सम्मान, संविधान, कानूनको विपरीत छ । एघारौं – पचास करोड डलर सबथोक हैन राष्ट्रियता र स्वाभिमान सर्वश्व हो । त्यसैले पारित हैन एमसिसि सँगको सम्झौता खारेज नै हो । बाँकी जनताका विचार ! ’

वि.सं.२०७७ फागुन १२ बुधवार २०:४७ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...