back
CTIZAN AD

मेमसाहब र गुलामको भरमा बादशाह हिड्यो भने एक्काले सोत्तर पार्छ

वि.सं.२०७७ फागुन १२ बुधवार

816 

shares

प्रचण्ड-माधवले ओलीबिरूद्ध दलभित्र पेश गरेको १२ बुँदे आरोपको छिनोफानो नेकपा दलको आन्तरिक कुरा मात्र हैन, सरकार संचालन र राज्य संचालनमा हददर्जाको अनियमितता, कुआचरण र भ्रष्टाचारका आरोप हुन्। यी आरोपको छिनोफानो गर्ने जिम्मेवारीबाट प्रचण्ड, माधव, झलनाथ समूह उम्कन अब कुनै हालतमा सक्ने छैनन्।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेर पुनर्स्थापना गरिदियो। संविधान बमोजिम दुई अधिवेशनबीच ६ महिना ननाघ्ने बनाउन साथै १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको छ। प्रम ओलीको घोर स्वेच्छाचारी कामलाई रोक्न यो मुद्दा प्रथम दष्टिमानै अन्तरिम आदेश दिनुपर्ने विषय थियो। बेकारमा सरकारले गत २ महिना अर्बौँ खर्च गर्दै ताण्डव नृत्य गर्ने समय पाए।

सर्बोच्चले किन १३ दिनमा संसद अंधिवेशन बोलाउ भन्ने परमादेश दियो भने पुष ५ गते संसद बिघटन गरिएको दिनबाट अधिवेशन बस्नुपर्ने अवधि १३ मात्र बॉकी थियो । संविधान बमोजिम संसद अधिवेशन बोलाउनुपर्ने बाध्यात्मक समयसिमा बमोजिम हिजो अदालतले फैसला गरेको मितिले १३ दिन भित्रमा अधिवेशन गर्नू भनेर आदेश दिनुपरेको हो।

अब संसदको अवस्था पुष ५ गते अघिकै भएपछि सोही मितिबाट लागू हुने गरी ब्युतिएको छ। त्यसपश्चात् हिजोसम्म संसदसित सम्बन्धित सरकारले गरेका सबै निर्णयहरू स्वतस् बदर हुन्छन्।

प्रम ओलीबिरूद्ध संसदमा पुष ५ मै अविश्वासको प्रस्ताव दर्ता छ। राष्ट्रपतिका बिरूद्धमा संसदमा अब कडा आवाज उठ्ने निश्चित छ। यसरी ओलीसँगै विद्या पनि किकआउट हुने प्रवल संभावना देखिदैछ। त्यसो भएन भने विद्या तथा ओलीलाई गलत भन्नेहरूबाट बन्ने नयॉ सरकारका नेताहरू पनि स्वत सोत्तर हुनेछन्। प्रचण्ड-माधवले ओलीबिरूद्ध दलभित्र पेश गरेको १२ बुँदे आरोपको छिनोफानो नेकपा दलको आन्तरिक कुरा मात्र हैन, सरकार संचालन र राज्य संचालनमा हददर्जाको अनियमितता, कुआचरण र भ्रष्टाचारका आरोप हुन्। यी आरोपको छिनोफानो गर्ने जिम्मेवारीबाट प्रचण्ड, माधव, झलनाथ समूह उम्कन अब कुनै हालतमा सक्ने छैनन्।

संसद भंग गरेको ठिक हो भन्ने सांसदहरू र मन्त्रीहरु अब त्यही संसदमा बस्छन् कि कुलेलम् ठोक्छन् त्यो हेर्नुछ। तर यहॉका घोर अनैतिक, निर्घृणी, निर्लज्ज, भ्रष्ट, पापी नेताहरूको केही भरोसा हुदैन र छैन। किनकि आस्थाच्यूत, जनतामारा पेशामा यी नेताहरू लिप्त र तबदिल भईसकेका छन्।

प्रम ओलीले सरकारी ढुकुटीबाट आफ्नो निर्णयको बचाउ गर्न दर्जनौँ महंगा निजी वकिल राखेर करोडौँ खर्च गरेको असुलउपर गर्छन् गर्दैनन् हँ अब आउने सरकारले ? हेरम् के गर्लान् ! यसबीचमा ओलीबाट गरिएका दर्जनौँ गैरकानुनी र गैरसंबैधानिक कहिले बदर हुन्छन् जनता हेर्दैछन्।

कसै कसैले ल अब सांसद खसीबोका हुने भए, मोलतेल हुन्छ भन्दैछन्। आजसम्म ती सधैँ खसी बोका नै थिए । हैन ररु अनि अहिले त्यही दोरिएमा के नै अचम्म हुन्छ र ! भए के मतलब !

मांसाहारीले हालका रोगी खसी बोकाहरूको भन्दा स्वस्थ खसीबोकाको मासु खानुपर्छ। तर ती खसीबोकाहरूले अब किर्नाले डिँगाको शरीर त्यागेजसरी अर्को पशुमा सर्छन्। यही नेपाली राजनीतिको रित रहदै आएको छ। हुने त्यही हो। अदालतको हिजोको फैसलाको ब्याख्याबाट संविधान बमोजिम प्रमले खुरूखुरू जागिर खाने हो, जबसम्म गलहत्याईदैन। जनताका। प्रतिनिधिस्थल संसदलाई प्रमले छ्यास्स पनि गर्न पाउदैन भन्ने पुष्ट्याई गरेको मात्र हो।

अहिले नेकॉलाई चुनाव चाहिएको छ। तर नेकॉलाई असंबैधानिक संसद विघटनको पक्षमा लागेको आरोपबाट बच्नु थियो, संसद पुनर्स्थापना भएकोले उ यसबाट पनि जोगियो।

सफल जुवाडी बन्न पनि योग्यता, कला र सीप चाहिन्छ। तासको जुवा खेल मेमसाब र गुलामका पत्तिको भरमा जितिन्न। बादशाह पत्ति नै रहेछ भने पनि केही लछारपाटो लाग्दैन। जसको हातमा हुकुमको एक्का छ बाजी उसले मार्छ। मेमसाहब र गुलामको भरमा बादशाह हिड्यो भने एक्काले सोत्तर पार्छ। चेते कि चेतेनन् ?

संसद पुनर्स्थापना भएको छ। दलहरूले तुरून्तै प्रम ओलीउपर दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गर्न तत्काल विशेष अधिवेशन बोलाउनु सभामुखलाई पुनस् निवेदन दिनुपर्छ। संसदमा अविश्वासको प्रस्ताव पुष ५ गते बिहानै दर्ता भइसकेको हो। त्यसमा छलफल सुरू गरिहाल्नुपर्छ। यो १३ दिनपछि त संसदको नियमित हिउदे अधिवेशन बैठक बस्ने हो।

मलाई केही साथीहरूले सोध्छन्,’अब को प्रधानमन्त्री हुन्छ ? मेरो जवाफ हुन्छ-‘प्रधानमन्त्री को हुन्छ त्यो मूल प्रश्न हैन, त्यो कुरा लोकतन्त्रमा गौण हो। बदमास, जनपीडक, उदण्ड, लाचघीन पचेका, भ्रष्टहरूको संरक्षक, क्रूर, देशपीडक, देशलाई भीरमा गुल्टाउन खोज्ने, कमाराकमारी पालेर रमाउन खोज्ने ब्यक्ति प्रम पदमा कुनै हालतमा रहनदिनु हुदैन। अब लोकतान्त्रिक प्रकृयाबाट अर्को प्रधानमन्त्री बन्छन् र उसले पनि अहिलेका प्रमले झै बदमासी गर्न थाले भने घोक्राउदै लखेट्नुपर्छ।’

सत्तामा बसेर चुनाव गराउन रोक लगाउने र चुनाव नै गर्ने हो भने पहिले पदबाट राजीनामा दिएर स्वतन्त्र चुनावी सरकार हुनैपर्छ। सत्तामा दाह्रानंग्रा गाडेर बस्ने अनि आफै चुनाव गराउन खोज्ने घोर अनैतिक भ्रष्ट नेताहरूलाई अब रोक्नैपर्छ। बिरालोलाई दूधको साक्षी बनाउनु मूर्खहरूको राज हुन्छ।

राजनीतिमा क्षमा हुदैन, तर क्षमादान भने हुन सक्छ। क्षमा र क्षमादान फरक हुन्। अहिलेका प्रम ओली क्षमालायक छैनन्। तर मैले महागल्ती गरेँ, क्षमा दिनु भनेर यदि जनतासमक्ष गिड्गिडाए भने क्षमादान गरेर आश्रममा बसाई दालभात खान पाउने ब्यवस्था भने जनताले गरिदिनुपर्छ।
उहिले जंगबहादुर राणाले कमाराकमारी प्रथाको उल्मूलन गरेका थिए, अहिले सर्बोच्चका अर्का जबराले नेकपा-कमाराकमारीको उन्मूलन गरिदिए। जंगबहादुर बेलाबेलामा चाहिने रहेछ।

मैले यो चुनाव केही गरे पनि हुदैन भन्दै आएको थिएँ। संसद मर्न सक्दैन भनेको थिएँ। त्यही भएको छ।  तर अब नयॉ सरकार गठन भएर संसदको कार्यकालको ४ वर्ष कटेपछि चुनाव हुनेछ। अहिले नेकॉलाई चुनाव चाहिएको छ। तर नेकॉलाई असंबैधानिक संसद विघटनको पक्षमा लागेको आरोपबाट बच्नु थियो, संसद पुनर्स्थापना भएकोले उ यसबाट पनि जोगियो।

विपक्षी दल जहिले पनि जब सत्ताधारी दल सबैभन्दा अनपपुलर हुन्छ त्यो बेला नयॉ चुनाव चाहन्छ। सत्ताधारी दल जब आफू पपुलर हुदा चुनाव चाहन्छ। तर संसद भंग गर्न कुनै प्रम र राष्ट्रपतिले सक्दैन जबसम्म संसदमा भएका बहुमत दल चुनावमा जाने भनेर सहमत हुदैनन्।

आफू प्रम, मन्त्री बनेर तर मारिरहने तर जनताले चुनेका सांसदहरूलाई कमाराकमारी ठान्दै संसद भंग गरेर अरू नेता र प्रमले कज्याउनु जनताको अभिमत र आफ्ना प्रतिनिधिको घोर अलोकतान्त्रिक अपमान हो। त्यसैले सत्तामा रहेर ताण्डव नृत्य गर्ने लोभमा संसद नै मारेर मस्ति गरौँला भन्ने नेताहरूको हैन, अब संविधान संसोधन गरेर चुनावमा निष्पक्ष स्वतन्त्र नागरिक सरकार बनाउने धारा थपेर संसोधन गर्नुपर्छ।
बंगलादेशमा चुनाव गराउदा प्रधानन्यायाधीशको केयरटेकर सरकार बन्छ।

नेपालमा त केयरटेकर सरकार भन्ने संविधानमा कतै लेखिएको पनि छैन। यता नयॉ जनमत लिने घोषणा गर्दै संसद मार्ने उता सरकारमा बसेर फुलफ्लेजेड सरकार जस्तो भटाभट अनैतिक, गैरसंवैधानिक, निर्लज्ज, सडक छाप मान्छे समात्दै धमाधम उच्च पद र मन्त्री नियुक्तिका निर्णय गरिरहने घोर अनैतिक अराजक सरकारहरूबाट चुनाव गराउन नहुने ब्यवस्था चाहिने भएको छ। सत्तामा बसेर चुनाव गराउन रोक लगाउने र चुनाव नै गर्ने हो भने पहिले पदबाट राजीनामा दिएर स्वतन्त्र चुनावी सरकार हुनैपर्छ। सत्तामा दाह्रानंग्रा गाडेर बस्ने अनि आफै चुनाव गराउन खोज्ने घोर अनैतिक भ्रष्ट नेताहरूलाई अब रोक्नैपर्छ। बिरालोलाई दूधको साक्षी बनाउनु मूर्खहरूको राज हुन्छ।

वि.सं.२०७७ फागुन १२ बुधवार २०:१३ मा प्रकाशित

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...