back
CTIZAN AD

कानमा लगाएको सुन नयाँ साटिदिने लोभमा यसरी ठगिइन् किसान

वि.सं.२०७७ फागुन १४ शुक्रवार

975 

shares

१४ फागुन, काठमाडौं । सुन नयाँ बनाइदिन्छु भनेर कानमा लगाएको सुन निकालेर दिँदा बेनी नगरपालिका ४ डाँडाखेतकी एक ७४ वर्षीया पुतली किसान ठगिएकी छन् ।

बेनी बजारको विद्युत् कार्यालयको गल्लीमा दुई अपरिचित युवाले नक्कली सुन देखाएर साटिदिने भनेपछि कानमा लगाएको आफ्नोे पुरानो रिङ फुकालेर दिएकी थिइन् पुतली किसानले । पहेलो धातुलाई सक्कली सुन भनेर मख्ख पर्दै घर पुगेकी किसान नक्कली सुन भएको थाहापाएपछि छाँगाबाट खसेजस्तै भएकी थिइन् ।

पीडित किसानले आइतबार उजुरी दिएपछि यस्तो कुरा बाहिर आएको हो । पछिल्लो समय सार्वजनिकस्थल र गल्लीमा नक्कली सुनका गहना देखाएर ठगी गर्ने क्रम बढ्दो रहेको छ । प्रहरीले नक्कली सुन देखाएर साटिदिने भन्ने कुनै पनि व्यक्तिका बारेमा तत्काल प्रहरीमा खबर गरिदिन र सार्वजनिक स्थलमा सुन साटिदिने भन्नेहरुको प्रतिवाद गर्न पनि सर्वसाधारणमा अनुरोध गरेको छ ।

वि.सं.२०७७ फागुन १४ शुक्रवार ०९:५८ मा प्रकाशित

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...