back
CTIZAN AD

नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी

वि.सं.२०७७ फागुन १४ शुक्रवार

1.1K 

shares

काठमाडौं । नेपाली सिने जगतका चल्तिका नायक तथा मोडल नायक पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा कुटपिटसम्बन्धी उजुरी परेको छ । कुटपिट गरेको भन्दै उजुरी परेपछि प्रहरीले शाहलाई छलफलका लागि शुक्रबार उपस्थित हुन भनेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार शाहविरुद्ध कुटपिटसम्बन्धी एउटा उजुरी बुधबार दर्ता भएको हो ।

‘कुटपिट गरेको भन्दै एउटा उजुरी बुधबार हामीकहाँ दर्ता भएको छ’ बस्नेतले भने, ‘उक्त उजुरीबारे छलफलका लागि दुवै पक्षलाई शुक्रबार आउन भनेका छौँ ।’

म्युजिक भिडियोको सुटिङ गर्न केही दिनअघि धरान आएका शाहको निर्देशनमा उनका सहयोगीले बुधबार साँझ चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानमाथि कुटपिट गरेको आरोप लागेको छ ।

धरानमा गर्न लागिएको कार्यक्रममा आइदिन आग्रह गर्दा शाहले सहयोगी कृष्णप्रसाद जोशीलाई लगाएर प्रधानमाथि कुटपिट गराएको दाबी पीडित पक्षले गरेको छ ।

आफूमाथि कुटपिटका क्रममा मोडल शाहले धरानकै अन्य केटाहरू पनि लगाएको आरोप प्रधानले बताए । ‘हामी ज्वाइँ खाना होटलमा बसिरहेका बेला मलाई कुट्न भन्दै ८–१० जना केटा बोलाए छन्’ उनले भने ‘तर उनीहरूमध्ये केहीले मलाई चिनेकाले केही पछि हटे। त्यसपछि शाह सहयोगी लगाएर मलाई कुटाए ।’

आफूमाथि कुटपिट गरिएपछि उजुरी दिनुपरेको उनले बताए । यस घटनाबारेमा मोडल शाहले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

वि.सं.२०७७ फागुन १४ शुक्रवार १०:१७ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...