back
CTIZAN AD

५ दिनको टेस्ट खेल २ दिनमै समाप्त, भारत १० विकेटले विजयी

वि.सं.२०७७ फागुन १४ शुक्रवार

732 

shares

१४ फागुुन, काठमाडौँ । भारत र इंल्याण्ड बिचको तेस्रो टेस्ट २ दिनमै समाप्त भएको छ । भारतले २ दिनमै इंल्याण्ड विरुद्ध तेस्रो टेस्टमा १० विकेट जि हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्ड आफ्नो पहिलो इनिङ्गसमा ११२ रनमा अलआउट भएको थियो । इंल्याण्डका लागि पहिलो इनिङ्गसमा ज्याक लिचले सर्वाधिक ५३ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा अक्सर पटेलले सर्वाधिक ६ विकेट हात पारेका थिए ।

इंल्याण्डको टिम अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको भारतीय टिम पनि १४५ रन बनाएर अलआउट भएको थियो । भारतका लागि रोहित शर्माले सर्वाधिक ६६ रन बनाएका थिए भने इंल्याण्डका लागि बलिङ्गमा कप्तान जो रुटले सर्वाधिक ५ विकेट लिएका थिए ।

पहिलो इनिङ्गसमा ३३ रनले पछि परेको इंल्याण्ड आफ्नो दोस्रो इनिङ्गमा ८१ रनमा अलआउट हुन पुगेको थियो । इंल्याण्डका लागि बेन स्टोक्र्सले सर्वाधिक २९ रन बनाएका थिए । त्यसैगरी भारतका लागि बलिङ्गमा अक्सर पटेलले सर्वाधिक ५ विकेट लिएका थिए ।

दोस्रो इनिङ्गसमा ८१ रनमा अलआउट भएपछि इंल्याण्डले भारतलाई जितको लागि ४९ रनको लक्ष्य दिएको थियो । इंल्याण्डले दिएको ४९ रनको लक्ष्य भारतले ७.४ ओभरमा पुरा गर्यो । भारतका लागि राहित शर्माले २५ र शुभमन गिलले १५ रन बनाएर नटआउट रहदैँ टिमलाई जित दिलाएका थिए ।

जितसँगै भारतले ४ खेलको टेस्ट श्रृखलामा २-१ ले अग्रता लिएको छ ।

वि.सं.२०७७ फागुन १४ शुक्रवार १०:२० मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...