१४ फागुन, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले स्वीकृत दरवन्दी अन्तर्गत विभिन्न पदहरुमा दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।
नायब सुब्वा (सहायक प्रथम श्रेणी) मा एक पुरुष र एक महिला गरि २ जना र खरिदार, सहायक द्धितीय श्रेणीमा ४ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
प्रतिष्ठानका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले शैक्षिक योग्यताका प्रमाणपत्र, तालिप प्राप्त प्रमाणपत्रहरु र नेपाली नागरिकताको प्रमाणपत्र सहित प्रशासन शाखामा परीक्षा दस्तुर बुझाएको सक्कल नगदी रसिद पेश गर्नुपर्ने छ ।
वि.सं.२०७७ फागुन १४ शुक्रवार १०:५७ मा प्रकाशित





























