१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्क घात भएको छ ।
शुक्रबार ३ बजे मस्तिष्क घात भएपछि वीर अस्पतालमा लगिएका उनको अहिले नर्भिक अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ ।
जोशीको मस्तिष्कमा रगत जमेको चिकित्सकहरुले बताएका छन् । सचिवालयका अनुसार मस्तिष्क घात भएका उनको अहिले अप्रेसनको तयारी भइरहेको छ ।
पार्टी सभापति शेर बहादुर देउवाले जोशीको नर्भिक अस्पतालमा उपचार भइरहेको बताउँदै शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
नेपाली कांग्रेसका युवा नेता, मेरा मित्र तथा कांग्रेस केन्द्रिय सदस्य @NcNabindrajoshi (नविन्द्रराज जोशी) विरामी भएर नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
— Sher Bahadur Deuba (@DeubaSherbdr) February 26, 2021
वि.सं.२०७७ फागुन १४ शुक्रवार ११:०४ मा प्रकाशित






























