back
CTIZAN AD

कैलालीका कृषक समूहलाई पावर टिलर हस्तान्तरण

वि.सं.२०७७ फागुन १५ शनिवार

537 

shares

१५ फागुन, कैलाली । कृषि ज्ञान केन्द्र कैलालीले कृषक समूहलाई खेती उत्पादनमा सघाउने उद्देश्यले कृषियन्त्र पावर टिलर वितरण गरेको छ ।

ज्ञान केन्द्रले कैलालीको भजनी नगरपालिका–२ रजवाराका गहुँ ब्लक सञ्चालक समिति र जोशीपुर गाउँपालिका–३ मनिकापुर कृषि समूहलाई पावर टिलर हस्तान्तरण गरेको हो । कृषक समूहलाई कृषितर्फ गहुँबाली उत्पादनमा सहयोग पु¥याउन पावर टिलर हस्तान्तरण गरेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि यान्त्रीकरण वितरण कार्यक्रमअन्र्तगत कृषि ज्ञान केन्द्रले भजनी नगरपालिकाको रजवार गहुँ ब्लक समिति र जोशीपुर गाउँपालिकाको मनिकापुर कृषक समूहलाई पावर टिलर हस्तान्तरण गरेको हो । कृषि ज्ञान केन्द्रले रजवार गहुँ ब्लक समितिलाई छ थान पावर टिलर हस्तान्तरण ग¥योे । “कृषि कार्यमा लागत घटाई उत्पादनमा वृद्धि गर्न गहुँ ब्लक समितिलाई पावर टिलर हस्तान्तरण गरेका हौँ”, कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले भने, “यो बहुउपयोगी प्रविधि भएकाले किसानका लागि सहज हुन्छ । व्यावसायिकरुपमा खेती गर्ने कृषक र समूहका लागि समय व्यवस्थापनमा यसले सघाउ पु¥याउँछ ।”

रजवारा ब्लक समूहले यस वर्ष १०० हेक्टरमा गहुँ खेती गरेको छ । कृषि ज्ञान केन्द्रको तीन वर्षे ब्लक प्रदर्शन कार्यक्रमअन्र्तगत दोस्रो वर्ष रु १० लाख बराबरको कृषि यन्त्र हस्तान्तरण गरिएको कृषि प्रसार अधिकृत चौधरीले बताए। “गहुँ ब्लक समूहलाई ५० प्रतिशत अनुदान सहयोगमा पावर टिलर वितरण गरिरहेका छौँ”, कृषि प्रसार अधिकृत चौधरी भन्छन्, “कृषक समूहको समेत लगानी भएमा अपनत्व हुन्छ । उनीहरुले सामग्रीको स्याहार गर्छन् भन्ने उद्देश्य हो ।” यस्तै प्रदेशको मुख्यमन्त्री कृषि कार्यक्रमअन्र्तगत कैलालीका अन्य ठाउँमा समेत कृषियन्त्र उपकरण वितरण जारी रहेको उनको भनाइ छ । उनले किसान परियोजना २ को संयुक्त आर्थिक तथा प्राविधिक र लगानीमा जोशीपुर गाउँपालिका–३ मनिकापुर कृषि समूहलाई दुई वटा पावर टिलर हस्तान्तरण गरिएको बताए ।

कृषि उत्पादन बढाउन सहयोग पु¥याउन बर्सेनि स्थानीय र प्रदेश सरकारका विभिन्न निकायले कृषियन्त्र वितरण गरिरहेका छन् । कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना सञ्चालनपछि कैलालीका किसानले कृषियन्त्र, प्रावित्रिक ज्ञान र विभिन्न कृषि बालीमा अनुदान सहयोग पाउने गरेका छन् । जसले किसानलाई फाइदा भइरहेको किसान सन्दिप चौधरी बताउँछन्। “सिँचाइ आयोजना सञ्चालनपछि युवासमेत कृषिमा लागेका छन् । अनुदान, प्रविधिजस्ता सहयोग, सिँचाइको सुविधा भएपछि पढेलेखेका युवाले नयाँ प्रविधिको प्रयोगमा खेती थालेका छन्” ।

वि.सं.२०७७ फागुन १५ शनिवार ११:०० मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...