back
CTIZAN AD

ताला खुल्न नसकेपछि अस्तव्यस्त बन्यो कृषि विश्वविद्यालय

वि.सं.२०७७ फागुन १५ शनिवार

585 

shares

१५ फागुन, चितवन । ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त वनेको छ । आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन ।

विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त वन्दै गएको हो । विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, डीनलगायतका महत्वपूर्ण पदमा नियुक्ति भई सके पनि निर्देशक, परीक्षा नियन्त्रक, सहायक डीनलगायतका पदका लागि हानथाप परेको छ । विश्वविद्यालयका प्रशासन प्रमुख वुद्धि ढुङ्गानाका अनुसार पुस पहिलो साताबाट केन्द्रीय कार्यालय र डीनका कार्यालयमा तालाबन्दी छ । ती कार्यालयमा पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक सङ्गठन, प्रगतिशील कर्मचारी सङ्गठन र नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घले तालाबन्दी गरेका छन् । पूर्वमाओवादी निकट राष्ट्रिय कर्मचारी सङ्गठन र पूर्व स्वीकृत ज्यालादारी कर्मचारीले लगाएका ताला भने खुलेको उाले जानकारी दिए ।

असन्तुष्ट प्राध्यापक र कर्मचारीले उपकुलपतिको राजीनामासहितका माग राखेर तालाबन्दी गरेका हुन् । विश्वविद्यालयमा असोज ९ गते प्रा डा पुण्यराज रेग्मी उपकुलपति नियुक्तिपछि विश्वविद्यालयमा निरन्तर जसो तालाबन्दी रहेको छ । उपकुलपति रेग्मीले विवादको समाधान गर्न नसकेका कारण विश्वविद्यालय दिन प्रतिदिन खस्कँदै गएको त्यहाँ कार्यरत प्राध्यापक बताउँछन् ।

विश्वविद्यालयभित्रकै प्राध्यापकलाई उपकुलपति बनाउन नसक्दा बाहिरबाट आउनेले वास्ता नगरेकै कारण विश्वविद्यालय अस्तव्यस्त बनेको उनीहरूको भनाइ छ । उपकुलपति रेग्मीलाई यस विषयमा जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

विश्वविद्यालयका कृषि सङ्कायका डीन जयप्रकाश दत्तले समस्या समाधान गरेर विश्वविद्यालयका प्रशासनिक काम अघि बढाउने प्रयास भइरहेको जानकारी दिए। पठनपाठन र परीक्षाका काम भने रोकिएको छैन । विश्वविद्यालयको उच्च पदाधिकारीको समूहबाट नै तालाबन्दी हुँदासमेत छलफल गरेर निकास निकाल्न सकिएको छैन ।

विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरे जुन उद्देश्यका साथ विश्वविद्यालय स्थापना भएको हो त्यसअनुसार पदाधिकारीले काम नगर्दा विश्वविद्यालयनै विघटनमा जाने हो की भन्ने चिन्ता बढेको बताउँछन् । उनले भने, “सत्ता पक्षका व्यक्तिको आपसी गुटबन्दीका कारण विश्वविद्यालय तहसनहस भयो ।” सरोकारवालाले ध्यान दिनुपर्ने उनको भनाइ छ । कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने उद्देश्यले विसं २०६७ मा सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन निर्माण गरी यो विश्वविद्यालय स्थापना गरेको हो ।

वि.सं.२०७७ फागुन १५ शनिवार ११:११ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...