१६ फागुन, बारा । जिल्लाको परवानीपुर गाउँपालिका–४ चैनपुर बस्ने बिजय साह सोनारको १८ महिनाको छोरा आयुष सोनारको पानीको नालीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
घर नजिकै रहेको फोहोर जाने पानीको नालामा डुबेर अशक्त भएका उनको उपचारका लागि बयोधा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
वि.सं.२०७७ फागुन १६ आइतवार १३:४३ मा प्रकाशित






























