back
CTIZAN AD

बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप

वि.सं.२०७७ फागुन १६ आइतवार

756 

shares

१६ फागुन, ढाका ।  बङ्लादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् ।

प्रहरीले प्रदर्शनकारीहरुलाई रबरको गोली, अश्रुग्यास लगायत प्रहार गरेको थियो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

चर्चित लेखक मुस्ताक अहमदको जेलमै मृत्यु भएपछि बङ्लादेशमा अधिकारवादी तथा विपक्षीहरु आन्दोलित भएका छन् ।

स्थानीय टेलिभिजनहरुले प्रदर्शन र झडपको प्रत्यक्ष प्रसारण गरेका थिए । झडपपछि आन्दोलनकारीहरु थप आक्रोसित भएको र घटनाको धेरैले विरोध गरेको देखाइएको छ । प्रहरीले भने प्रदर्शन निषेध गरिएको ठाउँमा प्रदर्शन गरिएकाले रोक्न खोज्दा झडप भएको बताएको छ ।

“उनीहरुलाई त्यहाँ प्रदर्शनका लागि अनुमति थिएन, अनुमति नहुँदा नहुँदै पनि प्रदर्शन गरेर नियमको उल्लङ्घन गरेकाले हामीले उनीहरुलाई रोकेका हौँ,” एक प्रहरी अधिकारीले भने ।

विपक्षी दल बिएनपीका प्रवक्ता रिज्भी अहमदले आफ्नो पार्टीका मात्रै ३० जना घाइते भएको जानकारी दिए  । घाइते हुनेमा बरिष्ठ नेताहरु समेत रहेको उनले बताए दिए ।

प्रदर्शनमा ५०० भन्दा बढी सहभागी भएको अहमदले दावी गरे । प्रदर्शनकारीहरुले प्रेस क्लबमा मानवसाङ्लो बनाएका थिए ।

प्रदर्शन ऐतिहासिक भएको दावी गर्दै प्रवक्ता अहमदले प्रदर्शनकारीमाथि भएको हस्तक्षेपले घटनामा सरकारी पक्ष नै संलग्न भएको हो की भन्ने आशंका उब्जाएको टिप्पणी गरे ।

रासस

वि.सं.२०७७ फागुन १६ आइतवार १६:४१ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...