back
CTIZAN AD

पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण, ३ जनाको निधन

वि.सं.२०७७ फागुन १७ सोमवार

648 

shares

१७ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३ हजार ४९ नमुना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला २९ र पुरुष ४४ जना रहेका छन् । आज थपिएका ७३ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७४ हजार २१६ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७० हजार ४७१ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी ३ जना कोरोना संक्रमितको निधन भएको तथ्यांक प्राप्त भएको छ । आज थपिएका ३ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या २ हजार ७७७ रहेको छ ।

त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ६१ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ९६८ रहेको छ ।

त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २१ लाख ६५ हजार ९८५ नमुना परीक्षण गरिएको छ ।

निरन्तर घट्दै कोरोना संक्रमितको संख्या, २४ घण्टामा थपिए ७८ संक्रमित, १ जनाको निधन

 

 

वि.सं.२०७७ फागुन १७ सोमवार १६:३८ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...