फागुन १७, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा हुने दाह संस्कारमा दाउरा किन्न नपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनका अनुसार निःशुल्क दाउराको लागि वन मन्त्रालयले गृहकार्य अगाडि बढाईसकेको छ । जुन यहि वर्षबाट समेत लागु गरिने उनले जनाए ।
मन्त्री आलले ३५ जिल्लामा खुल्ला चिडियाखानाको कार्यक्रम अगाडि बढाइएको पनि जानकारी दिएका छन् । उनका अनुसार ७ जिल्लालाई जडिबुटी उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्ने कार्यक्रम पनि अगाडि बढाइएको छ ।
वि.सं.२०७७ फागुन १७ सोमवार १६:४४ मा प्रकाशित






























