back
CTIZAN AD

खाल्डोमा खसेकी महिलालाई जिउँदै पुरेर भागे एक्स्काभेटर चालक !

वि.सं.२०७७ फागुन १८ मंगलवार

783 

shares

१८ फागुन, धादिङ । एक्स्काभेटरको ठक्करबाट घाईते भएकी एक महिलालाई जिउँदै पुरेर चालक फरार भएको घटना बाहिर आएको छ ।

त्रिपुरा सुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्कदै गरी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएपछि उनी खाल्डोमा खसेकी थिइन् । तर कुमाललाई उद्धार गर्नुको साटो एक्स्काभेटर चालक भीम बहादुर बुढाथोकीले खाल्डो वरिपरीको माटो खनेर कुमाललाई पुरिदिएको समाचार मंगलबारको कान्तिपुर दैनिकमा समाचार छ ।

उक्त घटनापछि काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘एक्स्काभेटरले मान्छे पुर्यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए ।

सडक निर्माणमा खटिएका मजदुरहरु त्यतिबेला खाना खान थालेको र महिला पुरिएको थाहा पाएपछि खाल्डो खनेर कुमालको शब झिकेका थिए ।

पुरिएकी महिलाको टाउकोमा ठूलो घाउ र रगत देखिएको सल्यानटारस्थित इलाका प्रहरी कार्यालयका सब इन्सपेक्टर भानुभक्त आचार्यले बताएका छन् । दाङ घर भएका बुढाथोकीलाई पक्राउका लागि खोजि भइरहेको पनि प्रहरीले बताएको छ ।

वि.सं.२०७७ फागुन १८ मंगलवार ०८:५८ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...