back
CTIZAN AD

सांसदहरुलाई स्वतन्त्र छलफलमा जुट्न जनार्दन शर्माको अपिल (अपिलसहित)

वि.सं.२०७७ फागुन १९ बुधवार

687 

shares

फागुन १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले पछिल्ला राजनीतिक घटनाक्रमप्रति स्वतन्त्र रुपमा छलफलमा जुट्न आव्हान गरेका छन् । उनले पार्टीगत छलफलसँगै स्वतन्त्र रुपमा सांसदको भूमिका निर्वाह गर्ने गरि छलफलमा जुट्न आव्हान गरेका हुन् ।

उनले कुनै पक्षको त्रास र प्रलोभनमा नपरी स्वतन्त्र छलफलमा जुट्नु पर्ने बताएका छन् । स्वतन्त्र रुपले आफ्नो बुझाई संसदमा राख्नु जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्यसमेत रहेको उनको भनाई छ ।

संसद बैठकको मिति नजिकिँदै जाँदा नेकपाको दुवै पक्ष (प्रचण्ड–नेपाल र ओली)ले सांसदहरु आफुँतर्फ तान्न अनेकन प्रलोभन दिने काम गरिरहेको छन् । यस्तोमा नेता शर्माले स्वतन्त्र रुपमा धारणा बनाउन छलफलमा जुट्न आग्रह गरेका हुन् ।

यस्तो छ उनको अपिल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एवं पदीय झगडाका रुपमा आ-आफ्ना बुझाइ रहेका छन्।

जे भए पनि जननिर्वाचित संसदसमेत भंग हुने अवस्थासम्म पुग्नु हामी सबैका लागी दुर्भाग्यपूर्ण अवस्था हो। जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझपूर्ण निर्णयबाट संसदको पुन:स्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका संसदहरुले आफैँप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको छ।

जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्यसमेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागी पहल गर्ने कुराको महशुस गरी पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्र रुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु।

यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएकोसमेत जानकारी गराउँदछु। कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ।

वि.सं.२०७७ फागुन १९ बुधवार ११:४५ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...