१९ फागुन काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ३ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
उक्त दुई कम्प्नि विच गत माघ ४ गते मर्जर सम्बन्धि अन्तिम सम्झौता भएको थियो । मर्जर पश्चात वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गर्न लागिएको हो ।
त्यसैिगरि, नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई स्वीकृती प्रदान गरिसकेको छ । दुवै कम्पनीको पौष २८ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि स्वीकृती प्रदान गरिसकेको छ ।
सस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ फागुन १९ बुधवार ११:४७ मा प्रकाशित






























