back
CTIZAN AD

पश्चिमी वायुको प्रभावले मौसम बदली, केहि स्थानमा हल्का वर्षा

वि.सं.२०७७ फागुन २० बिहीवार

1K 

shares

२० फागुन, काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।

पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङले बताए । उनका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म रहने छ ।

हाल देशको प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको छ । दिउँसो देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव एक डिग्री सेल्सियस रहेको छ । रासस

वि.सं.२०७७ फागुन २० बिहीवार १२:३३ मा प्रकाशित

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...