२० फागुन, काठमाडौं । शहरी विकास मन्त्री प्रभु शाहले एक महिलालाई यतिबेला विल्लीवाठ बनाएका छन् । तर पाठकवृन्द उनले ती महिलालाई शारिरीक शोषण तथा अन्य कारणले नभएर आर्थिक रुपमा विल्लीबाठ बनाएका हुन् ।
मन्त्रीको हातबाट विल्लीबाठ हुने महिला हुन् काठमाडौंको बासबारीमा घर भएकी दीपा कुँवर । चर्चामा आइरहने कुँवर यसभन्दा अगाडि पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईसँग महाराजगन्जको गंगालाल अस्पताल पछाडि बाँसबारीमा सँगै खिचेको फोटोका कारण पनि चर्चामा आएकी थिइन् ।
तिनै दीपा अहिले फेरि मन्त्री प्रभु साहसँगको लेनदेनको कारणले चर्चामा आएकी छन् । प्रभु र दीपाको यसअघि राम्रो सम्बन्ध रहेको थियो । सोहि सम्बन्धका आधारमा २०७४ को स्थानीय निर्वाचनका बेला प्रभु साहले दीपा सँग ३० लाख रुपैयाँ ऋण लिएका थिए । तर साहले तीनवर्षसम्म पनि उक्त पैसा नदिएर पछि दिन्छु र मन्त्री बनेपछि दिन्छु भन्दै व्याज समते नतिरेर टार्दै आएको समाचार बुधबारको जनआस्था साप्ताहिकमा रहेको छ ।
साहलाई पैसा दिनका लागि दीपाले उक्त रकम आफ्नी साथीको धुमबाराहीमा रहेको घर वाणिज्य बैंक चाबहिल शाखामा राखेर ५० लाख ऋण लिएकी थिइन् । ५० लाखमध्ये ३० लाख साहलाई र आफूले २० लाख खर्च गरेकी थिइन् ।
अहिले त्यहि घर बैंकले लिलामीमा राखेपछि दीपालाई मर्नु न बाँच्नु भएको छ । साहले उक्त पैसा लिने बेलामा दीपाका छोरालाई अष्ट्रेलिया पठाइदिने वा पैसा नै फिर्ता दिने शर्त राखेका थिए । तर, मन्त्री भएपछि पैसा फर्काउँछु भनेका थिए । मन्त्री भएपछि शाहले दीपालाई चिन्दीन् भनेपछि उनले विष लिएरै मन्त्रालयमा पुगेकी थिइन् । मन्त्रालयमा पुग्दा पनि सहज भेट दिएनन् मन्त्री साहले । दीपाले बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म पनि मन्त्रीलाई भेट्न पाइनन् । बाहिर निस्कन लागेका मन्त्रीलाई ढोकामै रोकेर उनले हंगामा गर्न थालेपछि भित्र बोलाएर मन्त्रीले ‘अहिले छैन पछि दिन्छु’ भनेका थिए । तर दीपाले ‘ साथीको पैसा तिर्न नसकेपछि मसँग मर्नुबाहेक अर्को कुनै उपाय छैन । मर्नु नै परेपछि यहि मन्त्रीको अगाडि मेटासिड खाइदिन्छु ।’ भनेकी थिइन् ।
वि.सं.२०७७ फागुन २० बिहीवार १२:२१ मा प्रकाशित






























