बच्चा हुर्काउन त्यत्ति सजिलो छैन । अभिभावकहरुले उनीहरुलाई माया, ममता दिएर उनीहरुको रुचि अनुसार व्यवहार गर्नु पर्ने हुन्छ । तर धेरै अभिभावहरु भने आफूले भनेको बच्चाहरुले मानुन् भन्ने चाहन्छन् र आफ्नो रुचि अनुसार बच्चामाथि व्यवहार गर्दछन् । शिक्षाविद् मेदिन लामिछाने भने बच्चाहरुको रुचि अनुसार व्यवहार गर्नुपर्ने बताउँछन् । आफ्ना नाबी–बाबुको व्यवहार सुधार्ने के गर्नुपर्दछ भन्ने बारेमा उनले विभिन्न टिप्सहरु दिएका छन् ।
नानी-बाबु हुर्काउँने ४ सार्थक तरिका:
क) कुनै काम नगर्दा नभन्ने,गरेर देखाउने। लुगा भनेको ठाँउमा नझुण्ड्याए, नधोइदिने।
ख)कुनै काम गर्दा उनीहरूलाई पनि सहभागी गराउने।
ग) द्वन्द हुने अवस्थामा आफुलाई नानी-बाबुबाट छुट्याउने।
घ) नानी-बाबुको नराम्रो काम र व्यवहारसँग उनीहरूलाई छुट्याउने।
नानी-बाबुको हात र औँलाको चाल र संयोजन(Fine Motor) सीप बिकास गराउन उनीहरुलाई विभिन्न कृयाकलापमा संलग्न गराऔँ।
क) प्रशस्त मात्रामा खेलौना र प्ले डो (Play-dough) खेल्न लगाऔँ।
ख) प्रशस्त मात्रामा माला उन्ने, तुना बाँध्ने, टाँक लगाउने, चिम्टाले टिप्ने, चम्चाले घोल्ने काम गराऔँ।
नानी-बाबुलाई कैँची चलाउन सिकाउनुका फाईदा :
क) शिल्पकलामा (Craftivity) रुचि बढाउँछ।
ख) फाइन मोटर सीप (Fine-motor skill) बिकास गराउँछ।
ग) आँखा र हातको समन्वय गर्न सघाउँछ।
घ) ध्यान केन्द्रित गर्न र एकाग्र भएर काम गर्न सक्ने बनाउँछ।
ङ) दुबै हात एकै पटक चलाई काम गर्ने सीप सिकाउँछ।
नानी-बाबु सिकाइमा प्रेरित छैनन् भने विचार गरौँ।
क) शिक्षकसँगको सम्बन्ध ठीक छैन कि ?
ख) सिकाइमा विकल्पको प्रयोग गरिएको छैन कि ?
ग) प्रेरित गर्न खाली दण्ड र पुरस्कार मात्र प्रयोग गरिएको छ कि ?
घ) सिकाउनेको मानसिकता निश्चित (Fixed) छ कि ?
ङ) सिकाइलाई जीवन र जगतसँग जोडिएको छैन कि ?
नानी-बाबुको पठन-प्रबाह बढाउन गीत र कविता प्रयोग गरौँ।
क) गीत गाउँदा र कविता वाचन गर्दा लय र ताल चाहिन्छ। लय र ताल उनीहरूलाई मनपर्छ। यसले पठन प्रबाह बढाउन मद्दत गर्छ।
ख) पठन-प्रबाहमा समस्या भएका नानीबाबुले छोटा, मिठा र रमाइला सामाग्री पढ्न मन पराउँछन्। गीत र कविता यस्तै हुन्छन्।
नानी-बाबुको पठन प्रबाह बढाउन देख्ने बित्तिकै पढ्न सक्ने ‘दृष्टि शब्द sight words को बोध आवश्यक पर्छ। डा. एडवार्ड डोल्चले कक्षा ३ सम्मका विद्यार्थीको लागि २०० र डा एडवार्ड फ्राइले कक्षा १० सम्मका विद्यार्थीको लागि १००० दृष्टि शब्दहरू उल्लेख गरेका छन्। यस्ता शब्द पहिला सिकाऔँ।
नानी-बाबुको पढाई सीप बिकास गर्न घरमा छपाइ समृद्ध वातावरण (Print-rich environment)सिर्जना गरौँ।
क) मौका मिल्दा रेसपि, लेबल, क्याप्सन आदि पढ्न लागाऔँ।
ख) बारम्बार प्रयोगमा आउँने(High Frequency) उमेर सुहाउँदा शब्दहरू सिकाऔँ। यसले देख्ने बित्तिकै पढन सक्ने(Sight Word)शब्द भण्डार बढाउँछ।
नानी-बाबुले प्रशस्त खेल्न पाएभने ….
क) भाषिक सीप बिकास गर्न सक्छन्।
ख) शारीरिक सीप बिकास गर्न सक्छन्।
ग) आत्म सम्मान बढाउन सक्छन्।
घ) साथी-सर्कल बढाउन सक्छन्।
ङ) समस्या समाधान गर्न सक्छन्।
च) सोचाइ सीप बिकास गर्न सक्छन्।
छ) आफ्नै संसार खोज्न सक्छन्। खेल्नबाट बन्चित नगरौँ।
(टिप्सहरु क्रमशः आउने छन् ।)
वि.सं.२०७७ फागुन २० बिहीवार १३:३७ मा प्रकाशित





























