back
CTIZAN AD

महँगो व्याज पाइने आस गर्दा प्रहरीमा धाइरहन पर्यो पूर्वसचिवलाई

वि.सं.२०७७ फागुन २० बिहीवार

726 

shares

२० फागुन, काठमाडौं । महँगो व्याज पाइने भन्दै सहकारीमा पैसा राखेका एक पूर्वसचिवलाई यतिबेला प्रहरीमा धाइरहनुपर्ने आपत् आइपरेको छ ।

यस्तो आपत्मा परेका अवकाश प्राप्त सचिव हुन् श्याम मैनाली । उनले अवकाश प्राप्त गर्दाको रकम बढी व्याज आउने आसमा सहकारीमा राखेका थिए । तर काठमाडौं ४ सुकेधारास्थित आनन्द नगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक सापोकोटाले सहकारीमा बचत रहेको ४० करोड रुपैयाँ हिनामिना गरेर भागेपछि पुर्वसचिव मैनालीलगायतका बचतकर्ता एकवर्षदेखि विखलन्दमा परेको बुधकारको जनआस्था साप्ताहिकमा समाचार छ ।

यसरी रकम डुबेपछि पुर्वसचिव मैनाली सोमबारदेखि महाराजगन्ज प्रहरीमा धाउन थालेका छन् ।

४० करोड हिनामिना पारेर भारत पसेका सापकोटालाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएपछि व्यवस्थापक र संघर्ष समितिबीच भएको सहमति बमोजिम विस्तारै रकम असुल गर्ने बताइएको छ ।

वि.सं.२०७७ फागुन २० बिहीवार १३:१० मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...