२० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा संचालन गरिने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रहरुलाई सी.सी क्यामेरा जडान गर्न निर्देशन दिएको छ ।
त्रि.विले सम्पूर्ण परीक्षा केन्द्रहरुलाई २०७७ चैत २० गतेभित्र परीक्षा संचालन कक्ष र प्रवेशद्धारको दृश्य आउने गरी कम्तिमा डेढ महिनासम्म रेर्कड गर्न मिल्ने गरी सी.सी क्यामेरा जडान गरी त्यसको अनुगमन सम्बन्धीत परीक्षा नियन्त्रण कार्यालयलाई दिई परीक्षा संचालन गर्न निर्देशन दिएको हो ।
त्रि.वि केन्द्रीय परीक्षा संचालक समिति बैठकले सो निर्णय गरेको र सो निर्णय अनुसार व्यवस्थापन नगर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षाका लागि परीक्षा केन्द्रबाट बन्चित गरिने पनि सूचनामा जनाइएको छ ।

वि.सं.२०७७ फागुन २० बिहीवार १४:३० मा प्रकाशित






























