back
CTIZAN AD

निर्वाचन आयोग जान तयार प्रचण्ड–नेपाल समूह किन बाटोमै रोकियो ?

वि.सं.२०७७ फागुन २० बिहीवार

705 

shares

फागुन २०, काठमाडौं । बिहिबार बिहानदेखि नै नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कार्यालय पेरिसडाँडामा निकै चहलपहल थियो । काठमाडौंमा उपलब्ध सबै केन्द्रीय सदस्य पार्टी कार्यालय वरपर जम्मा भएका थिए ।

प्रचण्ड–नेपाल समूहका एक नेताका अनुसार निर्वाचन आयोग जानको लागि सबै नेताहरुलाई नागरिकतासहित कार्यालयमा बोलाइएको थियो । सबै केन्द्रीय सदस्यलाई निर्वाचन आयोगमा नागरिकतासहित उपस्थित गराउने योजना पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको थियो ।

तर, दिउँसो २ बजे आयोग जाने योजनामा जम्मा भएका केन्द्रीय सदस्य १ बज्दा नबज्दै कार्यालय परिसरबाट निस्कन थाले । बुझ्दा आयोग जाने निर्णय अन्तिम समय स्थगित भएसँगै उनीहरु कार्यालयबाट निस्किएका थिए ।

किन स्थगित भयो आयोग जाने निर्णय ?

प्रचण्ड–नेपाल समूहका एक केन्द्रीय सदस्यका अनुसार आयोगले नेकपाको आधिकारिताको विवादबारे छिट्टै निर्णय गर्ने जानकारी दिएपछि आयोग जाने कार्यक्रम स्थिगित गरिएको हो ।

‘आयोगबाट जानकारी आएको छ, हामी छिट्टै निर्णय गर्दैछौं भन्ने, सायद आजै पनि निर्णय हुनसक्छ’, ती नेताले भने, ‘आयोग स्वंयले छिट्टै निर्णय गर्छु भनेपछि हामीले आफ्नो कार्यक्रम स्थगित गरेका हौं ।’

उनका अनुसार आयोगले प्रचण्ड–नेपाल पक्षलाई नै आधिकारिता दिने गरि निर्णय गर्दैछ । ‘पार्टी विभाजनमा बहुमत पक्षलाई नै आधिकारिक मान्ने व्यवस्था कानूनमै छ, उहाँहरुले पनि हामीले कानूनअनुसार साबिक बहमुत पक्षलाई आधिकारिकता दिन्छौं भन्नुभएको छ, यस अर्थमा हामीले नै आधिकारिकता पाउने कुरामा समस्या छैन्’, उनले भने ।

प्रचण्ड–नेपाल पक्षले गत बुधबार नै पार्टीका सबै केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित काठमाडौं आउन निर्देशन गरेको थियो । जसअनुसार काठमाडौं आएका केन्द्रीय सदस्यहरुलाई शशरिर निर्वाचन आयोग उपस्थित गराउने योजना बनाएको थियो ।

वि.सं.२०७७ फागुन २० बिहीवार १४:३२ मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...