back
CTIZAN AD

बम राखिएको हल्लापछि ताजमहल बन्द

वि.सं.२०७७ फागुन २० बिहीवार

567 

shares

२० फागुन । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको छ ।

यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म बन्द गराइएको बताएका छन् । साथै सो ताजमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीहरुले सूचना जारी गरेका छन् ।

बिहीबार सो ताजमहलमा कम्तीमा पनि एक हजार जना पर्यटक रहेका र उनीहरुलाई सो ताजमहलको परिसरबाट बाहिर निस्किन सूचना जारी गरिएको समाचारमा जनाइएको छ । एकजना अज्ञात व्यक्तिले त्यहाँ बम रहेको सूचना फोनबाट यहाँका स्थानीय सुरक्षा अधिकारीलाई गराएका थिए । त्यसपछि उक्त स्थान खाली गराएर बम रहे नरहेको बारेमा अनुसन्धान गर्ने काम भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

बमको यो हल्लाले पर्यटकीय सहर आग्रामा पनि सतर्कता अपनाइएको छ । उक्त ताजमहल यहाँका मुगल सम्राटले आफ्नी श्रीमती मुमताज महलको स्मृतिमा सन् १६५३ मा निर्माण गरेका हुन् । रासस

वि.सं.२०७७ फागुन २० बिहीवार १४:४९ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...