२१ फागुन, काठमाडौँ । एसीड आक्रममण परेकी वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छिन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासका राजदूत र्यातन्डी बेरीले दिएको जानकारी अनुसार नेपालस्थित अमेरिकी मिशन मुस्कान खातुनलाई तेजाब आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।
राजदूत बेरीले खातुनलाई अमेरिकी विदेश मन्त्रालय दिने यस वर्षको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्रदान गर्ने घोषणा गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्ने गरेको पनि राजदूत बेरीले उल्लेख गरेका छन् ।
यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन् । यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् ।
उक्त अवार्ड अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमका बिच उक्त पुरस्कार मुस्कान लगायतका विजेताहरूलाई प्रदान गरिने दूतावासले जानकारी दिएको छ ।
खातुनमाथि गतवर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमण भएको थियो । उपचारपछि ठिक भएपनि उनको एकापट्टिको अनुहार बिग्रिएको छ ।
Congratulations#Muskar_Khatun
वि.सं.२०७७ फागुन २१ शुक्रवार ०८:३९ मा प्रकाशित






























